दीपा नेपाली लेख्छिन्- चुनावलाई साँच्चै लोकतान्त्रीकरण गर्ने हो भने प्रत्यक्ष निर्वाचन प्रणालीमै जनसंख्याअनुसार महिला उम्मेदवारी सुनिश्चित गर्ने कानुनी व्यवस्था आवश्यक छ ।
नेपाली समाज इन्द्रेणीजस्तै छ, जहाँबाट कुनै एउटा कलर छुट्याए त्यो अपूरो देखिन्छ । यो नेपाली समाजको यथार्थ र वास्तविकता पनि हो । विविधताले परिचित देशमा एकल जातीय वर्चस्वले राज्यका सबै अवसर एउटै समुदायले हड्पिरहने प्रवृत्ति कसरी न्यायोचित हुन सक्छ ?