शनिबार रातिदेखि चीनतर्फबाट भीषण बाढी आएपछि बाँध खोल्ने र बन्द गर्ने कार्य भइरहेको छ, जसका कारण तामाकोशीको बहावमा उतारचढाव आउने भएकाले नदी किनारका स्थानीयलाई सावधानी अपनाउन केन्द्रले आग्रह गरेको छ ।
आइतबार राति ९ बजे क्याम्पोल हेलेकपाथलीमा माइतबाट घर फर्कने क्रममा सडकमाथिबाट आएको पहिरोमा परेर ४ महिनाकी नाबालिका एलिसा थामीको मृत्यु भएको प्रहरीले जनाएको छ।
लप्चीमा चहलपहल देखिएपछि चीनले निगरानी बढाएकाे छ ।
नक्छे प्रधान खलककाे कुल घरबाट चाेरी भएर अमेरिकी संग्रहालयमा फेला परेका आकाश भैरवका दुई मुकुट फिर्ता ल्याएर बिहीबार दोलखामा पुर्याइएको छ।
निरन्तरजसो वर्षा, एक्कासी तापक्रम बढ्नु र डडुवा रोगका कारण दोलखा, सिन्धुपाल्चोक र रामेछापका हिमाली क्षेत्रमा यस वर्ष आलु उत्पादन ४०–५० प्रतिशत घट्ने प्राविधिकहरुको अनु्मान छ ।
शैक्षिक सत्र २०८२ देखि गौरीशंकर गाउँपालिकाले दुर्गमका विद्यार्थी पढाउनका लागि गौरीशंकर माध्यमिक विद्यालयमा आवासीय सुविधासहितको पढाइ सञ्चालन गर्दै आएको थियो । तर यस वर्ष उक्त सुविधाबारे अन्योल हुँदा विद्यार्थी र अभिभावक विद्यालय नजिकै डेरा लिएर बस्न बाध्य छन् ।
स्व.पत्रकार गौतमको स्मृतिमा प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आएको पत्रकारिता सम्मानबाट शनिबार चरिकोटमा शिवाकोटीलाई सम्मानित गरिएको हो ।
नेपालका पहाडी बस्तीहरू बाँदर आतंकको दोहोरो चपेटामा छन्– एकातिर बाली सखाप हुने चिन्ता, अर्कोतिर घरभित्रै पसेर आक्रमण गर्ने त्रास ! मान्छेहरू थातथलोबाट विस्थापित हुन बाध्य छन् ।
२०५० तिर जिरीबाट मात्रै १८ हजार केजी चिज र ६ हजार केजी नौनी–घिउ उत्पादन हुने गरेकामा अहिले सिजनमा मुस्किलले ४ सय केजी चिज उत्पादन।
चिनियाँ आरोही शी जुन्जीको टिमले ३१ बैशाख बिहान ८ बजेर ५६ मिनेटमा सगरमाथा हिमाल आरोहण गरेका थियो भने ४ जेठ बिहान ११ बजेर २५ मिनेटमा ल्होत्सेको चुचुरोमा पुगेको छ ।