दोलखाको विगु गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादीका संजिव वली विजयी भएका छन् । उनले ४ हजार १ सय मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अचुतम केसीले ३ हजार ९ सय ७३ मत प्राप्त गरे ।
दोलखाको कालिञ्चोक गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसकका अर्जुन शिवाकोटी विजयी बनेका छन् । शिवाकोटी ५ हजार ७ सय ८६ मत प्राप्त गरेका छन् ।
दोलखको बैत्यश्वर गाउँपालिकाको प्रमुख र उपप्रमुख दुवै सिटमा नेपाली कांग्रेसका उम्मेदवारले विजय हासिल गरेका छन् । प्रमुखमा कांग्रेसका छवि लामा विजयी बनेका छन् । लामाले ५ हजार २ सय ९९ मत प्राप्त गरे । निकटम प्रतिद्धन्द्वी एमालेका माधवप्रसाद घिमिरेले ३ हजार ७ सय ७२ मत प्राप्त गरेका छन् ।