कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

पहिरोले सिंगटी-लामाबगर सडक अवरुद्ध 

केदार शिवाकोटी

दोलखा — दोलखा उत्तरी क्षेत्रको माथिल्लो  तामाकोशी आयोजनाको प्रवेशमार्ग अन्तर्गत सिंगटी लामाबगर मुख्य सडक पहिरोका कारण अवरुद्ध बनेको छ ।

पहिरोले सिंगटी-लामाबगर सडक अवरुद्ध 

बुधबार राति बिगु गाउँपालिका-४ गहटारमा लेदोसहितको पहिरोले सडक अवरुद्ध पारेको छ । सडक अवरुद्ध भएसँगै सवारीसाधन आवतजावत बन्द भएको छ ।

लेदोसहितको पहिरोले कुखुरा फर्म र गाई गोठमा पनि क्षति गरेको प्रहरीले जनाएको छ । सडकको पहिरोसहितको लेदो हटाएर सडक खुलाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय सिंगटीले जनाएको छ ।

प्रकाशित : श्रावण १०, २०८१ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×