कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

पनौतीमा पुजिए ३०८ कुमार 

भाद्र २२, २०८१
पनौतीमा पुजिए ३०८ कुमार 

काभ्रे — पनौती नगरपालिकामा ३०८ कुमार पुजिएका छन् । भाद्र शुक्ल गणेश चतुर्थीका दिन शनिबार पनौतीमा ३०८ जना कुमारहरुलाई पुजा गरिएको हो ।

पनौती बोलबम परिवारको आयोजनामा पनौतीमा नेवारी परम्पराअनुसार गणेश चतुर्थीका दिन कुमारलाई पुजा गरिएको हो। पनौतीमा चलिआएका धर्म र संस्कृतिको जगेर्ना गर्ने प्रमुख उद्देश्य राख्दै कुमार पूजाको आयोजना गरिएको पनौती बोलबम परिवारका सचिव पञ्चराम श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार वर्षौंअघिदेखि नै कुमारलाई पुजिँदै आएको र कुमार पूजा गर्दा बच्चाहरु निरोगी र दीर्घायु हुने मान्यता निरन्तरता दिँदै यस वर्ष पनि पनौतीमा कुमारहरुको पुजा गरिएको हो । उनीहरुलाई टिका, फूलपाती, टोपी लगाउनुको साथै प्रसाद, चकलेट, बिस्कुट, लगायतका मिष्ठान्न परिकारहरु वितरण गरिएको उनले बताए ।

कुमार पूजामा ५ वर्ष उमेर समूहसम्मको छोराहरुलाई पुज्ने गरिएको बताउँदै उनले भने, ‘बच्चाहरु निरोगी हुने धार्मिक आस्थाका कारण कुमार पुजा गर्ने परम्परा रहि आएको छ, यसलाई नै निरन्तरता दिदैं २०७१ सालदेखि यहाँका कुमारहरुको पूजा गरिँदै आएको छ ।’

यसरी कुमार पुजा गर्नाले भविष्यमा हुने क्षतिमा कमी हुने र धार्मिक रुपमा विजय प्राप्त हुने जनविश्वास स्थानीयमा रहेको छ । पनौती नगरपालिकाको वडा नं ७ स्थित गुप्तेश्वर महादेव मन्दिरमा गणेश र कुमारको अष्टमात्रिका राखेर १० जना कुमारहरु पूजा गरेपश्चात अन्य कुमारहरुको पूजा गरिन्छ ।

प्रकाशित : भाद्र २२, २०८१ १४:०४
x
×