कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६५

असोज ६ गते वाग्मती प्रदेश सभाको बैठक बस्ने

भाद्र ३१, २०८१
असोज ६ गते वाग्मती प्रदेश सभाको बैठक बस्ने

मकवानपुर — वाग्मती प्रदेश सभाको बैठक असोज ६ गते आइतबार बस्ने भएको छ । प्रदेशसभा सचिवालयका अनुसार कार्यसूची तय गर्न असोज ५ गते शनिबार कार्यव्यवस्था परामर्श समितिको समितिको बैठक तय भएको छ ।

‘विभिन्न समितिबाट दफावार छलफलपश्चात् पास भएका विधेयकहरु सदनमा पेस गर्न तयारी अवस्थामा रहेको छ ।

कार्यव्यवस्था समितिले गरेको निर्णयको आधारमा सदनको कार्यसूची तय हुनेछ,' प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले भने ।

साउन १६ गते विज्ञान प्रविधि नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएसँगै स्थगित भएको प्रदेशसभा बैठक डेढ महिनापछि बस्न लागेको हो ।

बैठकमा प्रदेश सभाअन्तर्गतको शिक्षा स्वास्थ्य तथा कृषि समितिबाट पारित भएको दुई वटा र उद्योग पर्यटन तथा वातावरण समितिबाट पारित भएको एउटा प्रतिवेदन संसद्मा प्रस्तुत हुनेछन् ।

शिक्षा स्वास्थ्य तथा कृषि समितिबाट प्रदेश स्वास्थ्य ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन, प्रदेश कृषि विकास सम्बन्धमा बनेको विधेयकको प्रतिवेदन र उद्योग, पर्यटन तथा वातावरण समितिले प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन रहेका छन् ।

प्रकाशित : भाद्र ३१, २०८१ १५:२२
x
×