कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०

विज्ञान प्रदर्शनीमा प्रकाश मावि प्रथम

आश्विन २, २०८१
विज्ञान प्रदर्शनीमा प्रकाश मावि प्रथम

काभ्रे — जिल्लास्थित भुम्लु गाउँपालिका स्तरीय विज्ञान प्रदर्शनी प्रतियोगितामा प्रकाश माध्यमिक विद्यालय प्रथम भएको छ । राष्ट्रिय विज्ञान दिवसको अवसर पारेर मंगलबार गाउँपालिकाको वडा नं ८, भुम्लुटारस्थित प्रकाश माविमा आयोजित प्रदर्शनीमा उक्त विद्यालय प्रथम भएको हो ।

गाउँपालिकाको वडा नं. ४, चौबासस्थित सेतीदेवी माध्यमिक विद्यालय यक्पा द्वितीय, वडा नं. ४ कै सेतीदेवी मावि काभ्रे तृतीय र वडा नं. ३ को सेतीदेवी माविले सान्त्वना पुरस्कार पाएको छ । यस्तै, आधारभूततर्फ गाउँपालिकाको वडा नं. ५ स्थित सार्वजनिक आधारभूत विद्यालय सर्वोत्कृष्ट भएको छ ।

प्रतियोगितामा प्रथम हुने विद्यालयलाई ९ हजार, द्वितीयलाई ७ हजार, तृतीयलाई ५ हजार, सान्त्वना एवं सर्वोत्कृष्ट हुने विद्यालयलाई ३ हजार रुपैयाँ प्रदान गरिएको थियो । प्रतियोगिताका विजयीहरूलाई गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेल र उपाध्यक्ष जितेन्द्रमान तामाङले नगद पुरस्कार र प्रमाण–पत्र वितरण गरेका थिए ।

प्रतियोगितामा पालिकाका १३ वटा विद्यालयको सहभागिता रहेको थियो ।

प्रकाशित : आश्विन २, २०८१ १४:०७
x
×