कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

वाग्मती प्रदेश विश्वविद्यालयको उपाध्यक्षमा सुवेदी नियुक्त

आश्विन ३, २०८१
वाग्मती प्रदेश विश्वविद्यालयको उपाध्यक्षमा सुवेदी नियुक्त

मकवानपुर — वाग्मती प्रदेश विश्वविद्यालयको उपाध्यक्ष पदमा कुसुमराज सुवेदी नियुक्त भएका छन् । वाग्मती प्रदेश विश्वविद्यालय कार्यकारी परिषद्को उपाध्यक्षमा सुवेदीलाई नियुक्त गरेका हो ।

उपाध्यक्ष विश्वविद्यालयको प्रशासकीय प्रमुख हुने व्यवस्था रहेको छ । उपाध्यक्षको नियुक्ति संरक्षक समितिले गठन गरेको छनौट समितिले सिफारिस गरेका तीनजना उम्मेदवारमध्येबाट कार्यकारी परिषद्ले गर्ने व्यवस्था रहेको छ । सोही व्यवस्थाअनुसार संरक्षक समितिले सुवेदीलाई उपाध्यक्षको जिम्मेवारी प्रदान गरेको हो ।

विश्वविद्यालयको विधानअनुसार उपाध्यक्षको पदावधि चार वर्षको रहने व्यवस्था रहेको छ । सुवेदीसहित सिफारिस समितिले ५ जनाको नाम अन्तिम चरणका लागि छनौट गरेको थियो । सुवेदीसहित खेमराज जोशी, देवचन्द्र मानन्धर, धर्मदत्त तिवारी र शिवराज सञ्जेल अन्तिम पाँचमा छनौट भएका थिए ।

चितवन खैरहनी–५ का सुवेदी करिब २० वर्षदेखि शिक्षण पेसामा आबद्ध छन् । खैरहनी–३ स्थित सहिद स्मृति बहुमुखी क्याम्पसमा अध्यापन गराउँदै आएका सुवेदीले त्रिभुवन विश्वविद्यालयबाट शिक्षा शास्त्र संकायको शिक्षाशास्त्र तथा पाठ्यक्रम मूल्यांकनअन्तर्गत् पेडागोजी विषयमा विद्यावारिधि गरेका छन् ।


प्रकाशित : आश्विन ३, २०८१ ११:२४
×