कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२२

मानव अधिकार आयोगको प्रतिवेदन वाग्मती प्रदेश प्रमुखसमक्ष पेस

आश्विन ३, २०८१
मानव अधिकार आयोगको प्रतिवेदन वाग्मती प्रदेश प्रमुखसमक्ष पेस

हेटौँडा — राष्ट्रिय मानव अधिकार आयोग वाग्मती प्रदेश कार्यालयले आर्थिक वर्ष २०८०/०८१ को गतिविधि तथा मानव अधिकारको अवस्थाबारेको प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेस गरेको छ । आयोगका उपसचिव पवनकुमार भट्टले बिहीबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई भेटेर प्रतिवेदन बुझाएका हुन् ।

प्रतिवेदनले वाग्मतीमा नागरिक तथा राजनीतिक अधिकारको अवस्था सुधारोन्मुख भएको, तर हत्या तथा आत्महत्याका घटना बढ्दोक्रममा रहेको तथ्य प्रस्तुत गरेको छ ।

आयोगको वाग्मती प्रदेश कार्यालयमा आर्थिक वर्ष २०८०/०८१ मा मात्रै नागरिक तथा राजनीतिक अधिकारमा ११ वटा, आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकारमा ३ वटा, यातनामा २ वटा, बाल अधिकारमा १ वटा, महिला अधिकारमा १ वटा, जातीय विभेदमा १ वटा, अपाङ्गता भएका व्यक्तिको अधिकारमा ४ वटा गरी २६ वटा उजुरी दर्ता भएका प्रतिवेदनमा उल्लेख छ ।

प्रदेशमा ५९६ पुराना उजुरी थिए । प्रदेशमा अपाङ्गता भएका व्यक्तिलाई घरपरिवारका मान्छेले विभेद गर्ने गरेको, सरकारी कार्यालय तथा स्थानीय तहका संरचनाहरू अपाङ्गमैत्री नभएको, सार्वजनिक स्थल, सडक मार्ग तथा यातायातका साधन अपाङ्गमैत्री हुन नसकेको जस्ता सवाललाई प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रकाशित : आश्विन ३, २०८१ १७:१८
×