कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

चाडपर्वलक्षित सवारी दुर्घटना न्युनीकरण कार्यक्रम सुरू

आश्विन ३, २०८१
चाडपर्वलक्षित सवारी दुर्घटना न्युनीकरण कार्यक्रम सुरू

हेटौँडा — वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाले चाडपर्व लक्षित सवारी दुर्घटना न्युनीकरणका लागि सवारी चालकको प्रतिबद्धता कार्यक्रम बिहीबारदेखि संचालन गरेको छ ।

वाग्मती प्रदेश सरकार आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेको उपस्थितिमा सवारी चालकहरुसँग प्रतिबद्धता कार्यक्रम सुरुवात गरिएको हो ।

प्रदेश प्रहरी कार्यालयमातहत १० जिल्लामा एकैपटक चाडपर्वलक्षित सवारी दुर्घटना न्यूनीकरणका लागि सवारी चालकहरुसंगको प्रतिबद्धता कार्यक्रम संचालन गरिएको हो । मकवानपुरको हेटौँडालगायत वाग्मती प्रदेशका अन्य ९ जिल्लाहरुमा पनि उक्त अभियान संचालन गरिएको प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक कृष्ण हरि शर्माले बताए ।

कार्यक्रमको पहिलो दिन ७३८ जना सवारी चालकहरुले प्रतिबद्धता जनाएका छन् । अभियान सवारी चालकहरुलाई सिकाउने, अनुभव गराउने, जानकारी गराउने, प्रतिबद्धता गराउने र आफ्नो सुरक्षाबारे जानकारी गराउने सचेतनामूलक कार्यक्रम भएको प्रदेश प्रहरी प्रमुख शर्माले बताए ।

प्रकाशित : आश्विन ३, २०८१ १९:२४
×