जिल्ला अदालत मकवानपुरले हेटौंडा उपमहानगरपालिका-४ की २४ वर्षीया सुस्मिता केसीको परिवारबाटै हत्या गरेको ठहर गर्दै ससुरा, नन्दद्वय र ज्वाइँलाई जन्मकैद फैसला सुनाएको छ ।
घर आफ्नो नाममा छैन । जग्गा छ, लालपुर्जा छैन । यस्तो अवस्थामा बाँचिरहेका छन् दलबहादुर थिङ । २००१ सालदेखि कमाइ गरेको जग्गाको स्वामित्व उनको नाममा छैन । काभ्रेबाट उनका बाबु हेटौंडा–१६ पानीसरामा ७८ वर्षअघि बसाइँ सरेका थिए । त्यतिबेला दलबहादुर १७ वर्षका थिए ।
खरानी रङको कोट, कालो पाइन्ट अनि खैरो जुत्ता लगाएकी युवती ह्विलचियरमा थिइन् । पछाडिबाट एक युवकले ह्विलचियर धकेल्दै उनलाई वाग्मती प्रदेशसभा भवनभित्र पुर्याए । काखमा हरियो झोला बोकेकी उनी रामेछापको गोकुलगंगा गाउँपालिका–४ की २८ वर्षीया लक्ष्मी घिमिरे थिइन् । बिहीबार प्रदेशसभा छिर्दै गर्दा उनी प्रसन्न मुद्रामा देखिन्थिन्, कारण केही समयमै उनी प्रदेश सांसदको शपथ लिँदै थिइन् ।
मंसिर ४ मा भएको प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । आगामी ५ वर्षका लागि चुनिएका प्रदेशसभा सदस्यहरू अब नियमित बैठक बस्नेछन् र प्रदेशका लागि आवश्यक नीतिनियम तथा विकास निर्माणबारे छलफल गर्नेछन् ।
हेटौंडा उपमहानगरपालिकाले जग्गा वर्गीकरणसम्बन्धी प्रतिवेदन स्वीकृत गरेको छ । योसँगै अब जग्गा कित्ताकाट गर्न बाटो खुलेको छ । उपमहानगरको बिहीबार बसेको स्थानीय भू–उपयोग परिषद्को बैठकले जग्गा वर्गीकरणसम्बन्धी प्रतिवेदन स्वीकृत गर्ने निर्णय गरेको हो ।
पचास वटा बाख्राबाट व्यवसाय सुरु गरेका हेटौंडा उपमहानगरपालिका–४ का गोविन्द सुवेदीको खोरमा अहिले ६ सय बाख्रा छन् । अस्ट्रेलियाबाट दुई वटा बोयर जातका बोका ल्याएर स्थानीय बाख्रामा क्रस गराएका थिए ।
मकवानपुरको वाग्मती गाउँपालिका–४ थलीका रामबहादुर पहरी उमेरले ६९ वर्षका भए । पञ्चायत, बहुदल हुँदै ०६२/६३ को जनआन्दोलनपछिका सबै निर्वाचनमा उनले मतदान गरेका छन् । हरेक निर्वाचनअघि लालपुर्जा दिलाउने आश्वासन पनि पाए तर अहिलेसम्म पहरी परिवार बस्दै आएको छाप्रो र जमिनको पुर्जा उनको हातमा परेको छैन ।
नेपाल संवत् ११४३ को अवसरमा नेवार समुदायले बुधबार हेटौंडामा प्रभातफेरी गरेका छन् । नेपाल भाषा खल: मकवानपुरले आयोजना गरेको उक्त कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले नेपाल संवत् नेपालीहरूको संवत् रहेको बताइन् ।
‘समानुपातिक सूचीमा पहिलो नम्बरमै बस्नु भनेर पार्टीका साथीहरुले भन्नु भएको थियो । मैले जनताबाटै निर्वाचित भएरै जनताको सेवा गर्छु भनेर प्रत्यक्षतर्फ उम्मेदवार बनेको हुँ’,नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफ्नो उम्मेदवारी दर्ता गराएसँगै यस्तो प्रतिक्रिया दिएकी थिइन् ।