१०९ केजी गाँजासहित २ जना पक्राउ

प्रहरीले उक्त गाँजा हेटौंडा–वीरगन्ज हुँदै भारततर्फ लैजान लागिएको जनाएको छ ।

असार ३१, २०८३

प्रताप विष्ट

2 arrested with 109 kg of marijuana

हेटौंडा — मकवानपुर प्रहरीले गएराति १०९ केजी गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पूर्व–पश्चिम सडकखण्डअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–८ सिमपानीबाट १०९ केजी गाँजासहित धादिङको गजुरी नगरपालिका–७ किरानचोकका ४१ वर्षीय सुमन तामाङ र १८ वर्षीय इरोज तामाङ पक्राउ परेका हुन् ।

चितवनबाट हेटौंडातर्फ आइरहेको बा.प्र. ०१–०२६ च ४८९३ नम्बरको जिपलाई विशेष सूचनाका आधारमा रोकी जाँच गर्दा गाडीको पछाडिको भागमा त्रिपालले लुकाई–छिपाई राखिएको प्लास्टिकले बेरिएको १५ वटा पोकामा गाँजा फेला परेको थियो ।

इलाका प्रहरी कार्यालयका अनुसार उक्त गाँजा चितवनको भण्डाराबाट लोड गरी ल्याइएको हुन सक्ने अनुमान गरिएको छ। प्रहरीले उक्त गाँजा हेटौंडा–वीरगन्ज हुँदै भारततर्फ लैजान लागिएको जनाएको छ ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully