जिल्ला प्रशासन कार्यालय मकवापनुरले हेटौंडाबाट काठमाडौं प्रवेश गर्ने मुख्य दुई सडक मार्गमा रात्रिकालीन सवारी साधन सञ्चालनमा रोक लगाएको हो ।
हेटौंडा — बाढीपहिरोबाट हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय मकवापनुरले हेटौंडाबाट काठमाडौं प्रवेश गर्ने मुख्य दुई सडक मार्गमा रात्रिकालीन सवारी साधन आउजाउ गर्न रोक लगाएको छ ।
विपद् जोखिमको सम्भावनाका कारण शनिबार साँझ ८ बजेदेखि आइतबार बिहान ५ बजेसम्म हेटौंडा हुँदै भीमफेदी—देउराली काठमाडौं जाने सवारी साधनलाई चौकीटोलमा होल्ड गर्ने र कान्ति लोकपथ हुँदै ललितपुर जाने सवारी साधनलाई पूर्वसूचना अनुसार बेलुका ६ बजेदेखि बिहान ५ बजेसम्म चौघडामा नै रोकिने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।
हेटौंडा—भीमफेदी —देउराली—काठमाडौं छोटो दुरीको सडक मार्गका विभिन्न भागमा पहिरो जान सक्ने र बाघझोराको खहरे उच्च जोखिमको भएकाले रात्रिकालीन सवारी साधन सञ्चालन रोक लगाएको प्रजिअ वसन्त अधिकारीले बताए ।
'कान्तिलोकपथ सडक पनि पहिरोको उच्च जोखिम रहेकाले रात्रिकालीन सवारी साधन सञ्चालनमा रोक लगाइएको हो,' उनले भने ।
