मंगलबार बेलुका साढे ६ बजेदेखि बुधबार बिहान ५ बजेसम्म काठमाडौं जाने सवारी साधन हेटौंडामै रोक्ने सूचना जारी गरेको हो ।
हेटौंडा — हेटौंडाबाट काठमाडौं जाने छोटो दुरीको वैकल्पिक मार्ग र त्रिभुवन राजपथ भएर काठमाडौं जाने सवारी साधनलाई मंगलबार बेलुकादेखि बुधबार बिहानसम्म हेटौंडामै होल्ड गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले बाढीपहिरोको उच्च जोखिम रहेकाले मंगलबार बेलुका साढे ६ बजेदेखि बुधबार बिहान ५ बजेसम्म काठमाडौं जाने सवारी साधन हेटौंडामै रोक्ने सूचना जारी गरेको हो ।
मकवानपुरका प्रजिअ वसन्त अधिकारीका अनुसार बागझोरा, भीमफेदीको पुल र सिमखोला क्षेत्र बाढीपहिरोको उच्च जोखिम रहेकाले राजधानी प्रवेश गर्ने छोटो दुरीको मार्ग र त्रिभ्वुन राजपथमा राति सवारीसाधन आउजाउ गर्न रोकिएको हो ।
बाढीपहिरोको उच्च जोखिम भएकाले सोमबार अपरान्ह ५ बजेदेखि मंगलबार बिहान ५ बजेसम्म यी मार्ग भएर सवारी साधन संचालनमा रोक लगाएको थियो ।
