मर्मत कार्य चलिरहेकाले हेटौंडा-काठमाडौं आउजाउ गर्ने सवारीसाधनलाई खोलामा डाइर्भसन बनाएर आउजाउ सहज बनाइएको छ ।
हेटौंडा — काठमाडौं प्रवेश गर्ने छोटो दुरीको वैकल्पिक मार्गमा पर्ने भीमफेदी-६ स्थित चिसापानी पुलको मर्मत सम्भार कार्य सुरु गरिएको छ ।
भीमफेदी बजारसँगै जोडिएको चिसापानीको फलामे पुल अत्यन्त जीर्ण भएकाले मर्मत सम्भार सुरु गरिएको हो । भैंसे-भीमफेदी सडकखण्डमा रहेको प्रयोगविहिन फलामे ट्रष्ट ब्रिजका फलाम झिकेर पुलमा राख्ने काम भइरहेको छ ।
करिब ४ दशक अघि निर्माण गरिएको उक्त चिसपानी पुलमा बिछ्याइएका काठ मक्किसकेको र फलामका पाता पनि उप्किसकेकाले सवारीसाधन आउजाउमा समस्या भएकाले मर्मत सुरु गरिएको बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालय हेटौंडाका प्रमुख नवीन सिंहले बताए ।
मर्मत कार्य चलिरहेकाले हेटौंडा-काठमाडौं आउजाउ गर्ने सवारीसाधनलाई खोलामा डाइर्भसन बनाएर आउजाउ सहज बनाइएको छ ।
३ मिटर चौडाइ र ४० मिटर लम्बाइ रहेको उक्त पुल भएर दैनिक २ हजारभन्दा बढी सवारीसाधन आउजाउ गर्ने गरेको पूर्वाधार निर्देशनालयका प्रमुख सिंहले बताए ।
