कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०

धुलिखेलमा वीपी कोइरालाको शालिक निर्माण 

आश्विन २, २०८१
धुलिखेलमा वीपी कोइरालाको शालिक निर्माण 

काभ्रे — वीपी राजमार्गअर्न्तगत धुलिखेलमा नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री वीपी कोइरालाको पूर्णकदको सालिक निर्माण गरिएको छ । धुलिखेल नगरपालिका-६ स्थित जरणडाँडामा वीपी राजमार्गको प्रस्थानविन्दुका रूपमा रहेको स्थानमा नेता कोइरालाको सालिक निर्माण गरिएको हो ।

उक्त सालिकमा यही असोज ५ गते कांग्रेस सभापति शेरबहादुर देउवाले अनावरण गर्ने कार्यक्रम तय भएको छ ।

कांग्रेस जिल्ला कार्यसमितिले बुधबार पत्रकार सम्मेलन गर्दै सालिक निर्माण र अनावरण कार्यक्रमबारे जानकारी दिएको हो । २०७१ सालमा शिलान्यास गरिएको प्रतिमा निर्माण ९ वर्षपछि निर्माण सम्पन्न गरी अनावरण गर्न लागिएको कांग्रेस काभ्रेका सभापति तिर्थ लामाले बताए ।

१५ लाख रुपैयाँ लागतमा सालिक निर्माण गरिएको प्रतिमा निर्माण मूल समितिका संयोजक जितकृष्ण धिनान्जु श्रेष्ठले जानकारी दिए ।

प्रकाशित : आश्विन २, २०८१ १५:०७
x
×