कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९७

हाडनाता करणीको अभियोगमा युवकलाई १५ वर्ष कैद

भाद्र ३१, २०८१
हाडनाता करणीको अभियोगमा युवकलाई १५ वर्ष कैद

हेटौँडा — हाडनाता पर्ने बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले एक युवकलाई १५ वर्ष कैद सजाय गर्ने फैसला गरेको छ  । अदालतले युवकबाट पीडित बालिकालाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने र २० हजार रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको हो । 

जिल्ला न्यायाधीश पूर्णिमा कोइरालाको इजलाशले हेटौँडा उपमहानगरपालिका-१५ का २५ वर्षीय नाम परिवर्तित ३१ (ए) युवकलाई १४ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै उक्त फैसला गरेको हो ।

उक्त इजलाशले हाडनाता बलात्कार गरेकोमा १३ वर्ष र बालिका बलात्कार गरेकोमा थप २ वर्ष गरी १५ वर्ष कैद गर्ने फैसला गरेको अदालतले जनाएको छ । हाडनाता पर्ने बालिकालाई बलात्कार गरेको आरोपमा युवकलाई २०७९ असोजमा प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेको थियो । २०७९ कार्तिकमा अदालतले युवकलाई पुर्पक्षका थुनामा राख्न क्षेत्रीय कारागार भीमफेदी पठाएको थियो ।

प्रकाशित : भाद्र ३१, २०८१ १६:०३
x
×