कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु 

भाद्र २२, २०८१

हेटौंडा — सिन्धुली मदन भण्डारी राजमार्गमा मकवानपुरबाट सिन्धुलीतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा मकवानपुरको वाग्मती गाउँपालिका–४ का २२ वर्षीय प्रविण बजुको मृत्यु भएको छ । दुर्घटनामा परी वाग्मती गाउँपालिका–५ का २१ वर्षीय भेषबहादुर गोले गम्भीर घाइते छन् ।

गोलेले चलाएको बा प्र ०३–००५ प ९८६ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई शुक्रबार दिनको ४ बजेको समयमा सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका–२, रतनपुरमा दुर्घटना भएको थियो ।

दुर्घटना परी गम्भीर घाइते भएका बजु र गोलेलाई उपचारका लागि हेटौंडा ल्याइएको थियो । हेटौंडस्थित मकवानपुर सहकारी अस्पतालमा उपचारको क्रममा बजुको मृत्यु भएको वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

गम्भीर घाइते गोलेको चितवन जिल्लास्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित : भाद्र २२, २०८१ ११:१२
x
×