कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

दोलखा दुर्घटना अपडेट : घाइतेमध्ये दुई जनाको मृत्यु

भाद्र ३०, २०८१
दोलखा दुर्घटना अपडेट : घाइतेमध्ये दुई जनाको मृत्यु

दाेलखा — गाैरीशंकर गाउँपालिका–४ झ्याकुमा बोलेरो जिप दुर्घटना हुँदा २ जनाकाे मृत्यु भएकाे छ । प्रहरीका अनुसार दुर्घटनामा अन्य चार ४ जना घाइते भएका छन् ।

बा २० च ७२६६ नम्बरको बोलेरो आइतबार साँझ दुर्घटना हुँदा गाैरीशंकर -३ कि ७५ वर्षीया काली शेर्पा र अन्दाजी ५५ वर्षीय पसि शेर्पाकाे मृत्यु भएकाे इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए ।

दुर्घटनामा चालक मिङमार शेर्पा, अन्तु शेर्पा र अन्तु शेर्पाकै बुहारी घाइते भएकाे प्रहरीले जनाएकाे छ । घाइतेलाई उद्वार गरेर सिंगटी प्राथमिक अस्पतालमा ल्याइएकाे छ । बोलेराे जिप अनियन्त्रित भएर वडा कार्यालय नजिकै दुर्घटना भएको थियो ।

प्रकाशित : भाद्र ३०, २०८१ १९:४५
x
×