कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

वादोरियो नागार्जुन कमिटी गठन

भाद्र २२, २०८१
वादोरियो नागार्जुन कमिटी गठन

काठमाडौँ — रमेश लामाको नेतृत्वमा नेपाल वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटी गठन भएको छ ।

नागार्जुनस्थित रानीवन बुद्धचोकमा शनिबार नागार्जुन शाखा डोजो संघको भेलाले लामाको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति गठन गरेको हो । उपाध्यक्षमा रविला लामा, सचिवमा उमाकान्त उपाध्याय, कोषाध्यक्षमा सञ्जय लामालाई चुनेको छ ।सदस्यमा नवराज लामा, रिनेश लामा, यादव रायमाझी, रोहन पुतुवार र अजित पुतुवार छन् ।

कार्यक्रममा सहभागी खेलाडी र सिनियर प्रशिक्षक लामाले विशेष खेल प्रदर्शन गरेका थिए । सो भेलामा नेपाल वादोरियो कराते डो संघका अध्यक्ष हरिशरण केसी, वडा १ का अध्यक्ष रामेश्वर लामा, ओलम्पियन संगीना वैद्य, सिनियर प्रशिक्षक सञ्जय लामालगायत सहभागी थिए ।

वडा अध्यक्ष लामाले नागार्जुन नगरभित्र रहेका बालबालिकालक्षित गर्दै खेलक्षेत्रमा अघि बढ्न प्रोत्साहन गर्ने प्रतिबद्धता जनाए ।


प्रकाशित : भाद्र २२, २०८१ २०:१५
×