कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

सल्यानमा चट्याङ पर्दा एकै घरका तीनसहित चार जना घाइते

भाद्र २२, २०८१
सल्यानमा चट्याङ पर्दा एकै घरका तीनसहित चार जना घाइते

सल्यान — चट्याङ पर्दा सल्यानमा एकै घरका तीनसहित ४ जना घाइते भएका छन् । शनिबार बेलुकी ६ बजेतिर परेको चट्याङका कारण जिल्लाको त्रिबेणी गाउँपालिका-३ कटमेराका चार जना घाइते भएका हुन् । 

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशमबहादुर खत्रीका अनुसार स्थानीय गीता बुढामगरको घरमा चट्याङ पर्दा उनकी ६ वर्षीया छोरी मसिना बुढा, १२ वर्षीय छोरा जगत बुढा, ४२ वर्षीया सासु बिष्णु बुढा र छिमेकी घरका ३५ वर्षीय दलबहादुर बुढा घाइते भएका हुन् ।

गम्भीर घाइतेमध्ये मसिना र जगतको उपक्षेत्रीय अस्पताल तुलसीपुरमा उपचार भइरहेको र अन्य दुई जना स्थानीय मेडिकलमा उपचारपछि घर फर्किएका जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रनि खत्रीले बताए ।

चट्याङले गीताको घरको विद्युत्‌ मिटरबक्समा क्षति पुर्‍याएको उनले बताइन् ।


प्रकाशित : भाद्र २२, २०८१ २१:११
×