कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

वृद्धाश्रममा नेपाली सेनाको निःशुल्क स्वास्थ्य परीक्षण 

भाद्र २९, २०८१
वृद्धाश्रममा नेपाली सेनाको निःशुल्क स्वास्थ्य परीक्षण 

सुर्खेत — सुर्खेतको प्रशान्ति वृद्धाश्रममा नेपाली सेनाले निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । शनिबार नेपाली सेनाको उत्तरपश्चिम पृतना हेडक्वाटर तथा अन्तर्गतका युनिटबाट संकलित खाद्य सामाग्रीसहित स्वास्थ्य परीक्षण गरिएको हो ।

असक्त तथा बेसहारा ज्येष्ठ नागरिकहरूलाई सहयोग पुग्ने उद्देश्यका साथ निःशुल्क स्वास्थ्य जाँचसँगै खाद्यान्न सहयोग गरेको उत्तर पश्चिम पृतना हेडक्वाटरका उपरथि अनुपजंग थापाले बताए ।

सेनाले खाद्य बैंक स्थापना गरी मानवलाई आश्रय दिइरहेका विभिन्न सामाजिक संस्थालाई प्रत्येक युनिटले एक व्यक्तिका लागि आवश्यक पर्ने खाद्य सामाग्री व्यवस्थापन गरी हस्तान्तरण गर्दै आएको छ । सेनाले हरेक महिनाको अन्तिम शनिवार आश्रममा रहेका ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य जाँच गर्ने गरेको छ ।

आश्रममा आश्रित २९ जना ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच तथा औषधि वितरणसमेत गरेको छ । सैनिक श्रीमती सङ्घका सल्लाहकार भावना राज्यलक्ष्मी थापाले आश्रममा आवश्यक परेको बेला सेना मान्र नभएर सवैको सहयोगको खाचो रहने बताइन् ।

प्रकाशित : भाद्र २९, २०८१ १४:२४
×