कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

बोलेरो जीप दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते

भाद्र ३१, २०८१
बोलेरो जीप दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते

सल्यान — सल्यानमा सोमबार बेलुका जीप दुर्घटना हुँदा चालकसहित ५ जना घाइते भएका छन् । त्रिबेणी गाउँपालिका-४ फलाबाङ्गबाट लुहाम बजार जाँदै गरेको रा १ च १०४३ नम्बरको बोलेरो जीप पुतली दरबारनजिकै दुर्घटना भएको हो । 

जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरीक्षक रेसमबहादुर खत्रीका अनुसार घाइते हुनेमा त्रिबेणी गाउँपालिका-३ का चालक २८ वर्षीय कमल रेउले, वडा नं ४ का ५५ वर्षीय टोपबहादुर साहु, सोहो वडाका ५५ वर्षीया लाली रावत, ४० वर्षीया पुर्णकला बस्नेत र २९ वर्षीय रबिन्स महतरा रहेका छन् ।

घाइते सबैको अवस्था मध्यम रहेकोमा केहीलाई लुहाम बजार र केहीलाई उपक्षेत्रीय अस्पताल तुलसीपुर लगिएको प्रहरी निरीक्षक खत्रीले बताए । वर्षात्‌का कारण सडक बिग्रिएकाले जीप अनियन्त्रित भएर दुर्घटनामा परेको उनले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा परेको जीप सडकदेखि २५ मिटर तल खसेको थियो ।

प्रकाशित : भाद्र ३१, २०८१ २०:४३
x
×