कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

सिंजा स्वास्थ्य शाखा उत्कृष्ट

भाद्र ३१, २०८१
सिंजा स्वास्थ्य शाखा उत्कृष्ट

जुम्ला — स्वास्थ्य सेवा प्रवाहमा सिंजा स्वास्थ्य शाखा जिल्लाकै पहिलो बनेको छ । जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको मूल्यांकन प्रतिवेदनका आधारमा सिंजा स्वास्थ्य शाखा सेवाप्रवाहमा पहिलो बनेको हो ।

मूल्यांकनका ३२ वटा सूचक तोकिएका थिए । जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले भने, ‘सबै स्थानीय तहले राम्रो काम गरेको भए पनि मूल्यांकनमा सिंजाले उत्कृष्ट अंक प्राप्त गरेर जिल्लाकै पहिलो बनेको हो ।’

सिंजाले ८७ प्रतिशत अंक प्राप्त गरेको थियो । प्रतिवेदनका अनुसार दोस्रोमा चन्दननाथ नगरपालिकाले ८४, कनकासुन्दरी गाउँपालिकाले ८१, हिमाले ७६.५ र तातोपानीले ७०.५ प्रतिशत अंक प्राप्त गरेका हुन् ।

सिंजा स्वास्थ्य शाखा प्रमुख ललितबहादुर रोकायाले स्वास्थ्य सेवा प्रवाह, स्वास्थ्य कार्यक्रमहरुको सम्पादन र व्यवस्थापनमा उत्कृष्ट भएकामा खुसी व्यक्त गरे । ‘निरन्तर दुई आर्थिक वर्षमा स्वास्थ्य सेवामा पहिलो हुन पाउँदा खुसी लागेको छ,’ उनले भने ।

प्रकाशित : भाद्र ३१, २०८१ २२:०७
x
×