जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको साता दिन बितिसक्दा पनि कर्णाली प्रदेश सरकारले ठोस योजना बनाउन नसक्दा भूकम्पपीडितको राहत व्यवस्थापनमा समस्या भएको छ । संघीय सरकारसहित विभिन्न दाताले दिएको राहतको भरमा जाजरकोट, रुकुम पश्चिम र सल्यानका ६२ हजार ४ सय ५७ घरका भूकम्पपीडित समस्यासँग जुधिरहेका छन् ।
मुगुमा एकै परिवारको सामूहिक हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । घटना भएको १३ दिनपछि प्रहरीले एक अभियुक्तलाई पक्राउ गरेको जानकारी दिएको छ ।
दसैंको पर्सिपल्ट छोरी इशासहित ५० वर्षीया सुवर्न शाह टीका लगाउन जाजरकोट खलंगास्थित माइती पुगेकी थिइन् । उनी आइतबार बाँकेको बैजनाथ गाउँपालिका–४ बाँनियाभारस्थित घर फर्कने योजना थियो । तर, शुक्रबार मध्यराति जाजरकोटकै बारेकोट–१ रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गयो ।
भूकम्पमा परी घाइते भएकाहरूको उपचारका लागि कर्णाली प्रादेशिक अस्पतालमा सेनाले मेडिकल क्याम्प खडा गरेको छ । प्रदेश अस्पताल कालागाउँमा सहायता प्रदान गर्न नेपाली सेनाको सुर्खेतस्थित कालिबहादुर गणले मेडिकल क्याम्प खडा गरेको छ ।
मुगुको छायानाथ रारा नगरपालिका-६ मन्दु गाउँको एकाघरका चार सदस्यको हत्या भएको घटनामा पाँच दिन बितिसक्दासमेत अनुसन्धान टोलीले अझै ‘क्लु’ भेट्टाउन सकेको छैन । कुकुरसहित अनुसन्धान टोली परिचालन गरे पनि घटनाको कारण अझै नखुलेको हो ।
मुगुको छायाँनाथ रारा नगरपालिका-६ को मन्दुमा एकै परिवारका ४ जना मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार २८ वर्षीया श्रीदेवी बोहोरा, उनका २ छोरा र एक छोरीको शव घरमा भेटिएको हो ।
गएराति केही युवाहरूबीच भएको झडपमा दैलेखका एक जनाको मृत्यु भएको छ । भैरवी गाउँपालिका–४ सिलङ्गी बजारमा स्थानीय युवाबीच भएको झडपमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ का २० वर्षीय किशोर बुढा क्षेत्रीको मृत्यु भएको हो ।