गर्भ बसेको ६ महिनामै जुम्ल्याहा शिशु जन्माएकी सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार

जैपुराले दुई शिशुलाई जन्म दिएपछि अत्यधिक रक्तस्राव र अन्य जटिल समस्या देखिएपछि स्थानीय स्वास्थ्य संस्थाले तत्काल रेफर गरेको थियो ।

असार १०, २०८३

ज्योति कटुवाल

Woman who gave birth to twins 6 months into pregnancy rescued by helicopter

सुर्खेत — नरहरिनाथ गाउँपालिका ३ कालिकोटकी १८ वर्षीया जैपुरा विकले गर्भ बसेको ६ महिनामै जुम्ल्याहा शिशु जन्माएपछि स्वास्थ्य अवस्था गम्भीर बनेको छ । 

अत्यधिक जटिलता देखिएपछि उनलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत आइतबार हेलिकोप्टरमार्फत थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत ल्याइएको हो ।

जैपुराले दुई शिशुलाई जन्म दिएपछि अत्यधिक रक्तस्राव र अन्य जटिल समस्या देखिएपछि स्थानीय स्वास्थ्य संस्थाले तत्काल रेफर गरेको थियो । 

दुर्गम क्षेत्रमा विशेषज्ञ सेवा र आवश्यक उपचारको सुविधा नहुँदा राष्ट्रपति सुत्केरी उद्धार कार्यक्रममार्फत उनको हवाई उद्धार गरिएको हो । प्रदेश अस्पताल सुर्खेतमा उनको उपचार भइरहेको छ ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully