मधेश प्रदेशले लुम्बिनी प्रदेशलाई २४ रनले पराजित गर्दै अपराजित यात्रा कायम राखेको हो ।
What you should know
सुर्खेत — वीरेन्द्रनगरमा जारी यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेश एक खेल अगावै फाइनल प्रवेश गरेको छ । बागमतीले कर्णालीलाई पराजित गर्दै अर्को जित दर्ता गरेको छ ।
शुक्रबार भएका खेलहरूमा कोशीले गण्डकीमाथि रोमाञ्चक जित निकालेको छ । मधेश प्रदेशले लुम्बिनी प्रदेशलाई २४ रनले पराजित गर्दै अपराजित यात्रा कायम राखेको हो । टस जितेर पहिले ब्याटिङ गरेको मधेशले ३ विकेटको क्षतिमा १६१ रनको बलियो योगफल तयार गर्यो । जवाफी ब्याटिङमा लुम्बिनी २० ओभरमा ४ विकेट गुमाउँदै १३७ रनमै रोकियो ।
मधेशका लागि प्रतिमा साह र सना प्रवीनले उत्कृष्ट अर्धशतकीय इनिङ्स खेले । प्रतिमाले ४७ बलमा ३ चौका र ५ छक्कासहित अविजित ६८ रन बनाइन् भने प्रवीनले ५७ बलमा १० चौकासहित ६२ रनको योगदान दिइन् । बलिङतर्फ लुम्बिनीकी आश्ना चौधरी र आयुषा भुसालले १–१ विकेट लिए । लुम्बिनीका लागि सुप्रिया बुढा मगरले अविजित ४४ रन र कप्तान अञ्जी पाठकले ३२ रनको प्रयास गरे पनि जितका लागि पर्याप्त भएन । मधेशका बलरहरूले कसिलो प्रदर्शन गर्दै खेल आफ्नो पक्षमा पार्न सफल भए ।
अर्को खेलमा कोशी प्रदेशले गण्डकीमाथि रोमाञ्चक जित दर्ता गर्यो । गण्डकीले ८८ रनको सामान्य लक्ष्य पनि भेट्टाउन असफल भयो । कोशीका लागि पूर्णिया राजवंशीले सर्वाधिक २७ रन बनाइन् भने कप्तान टीका शाहले १५ रनको योगदान दिइन् ।
गण्डकीका लागि कप्तान कुसुम गोदारले अविजित ४२ रन र चन्द्रमाया बरालले १७ रन बनाइन् । अन्य ब्याटर सस्तैमा आउट भए । कोशीकी रञ्जना साउद घातक सावित हुँदै प्लेयर अफ दि म्याच बनिन् । उनले २ विकेट लिँदै गण्डकीको ब्याटिङ धराशायी बनाइन् ।
यस्तै, कालुङचोक मैदानमा बागमतीले कर्णालीलाई ५ विकेटले पराजित गर्यो । पहिले ब्याटिङ गरेको बागमतीले १३० रनको योगफल बनाएको थियो । लक्ष्मीमाया रुम्बा लामाले ४७ रन र प्रथा श्रेष्ठले ३० रनको योगदान दिइन् । १३१ रनको लक्ष्य पछ्याएको कर्णाली बागमतीकी कृष्मा गुरुङको घातक बलिङसामु टिक्न सकेन ।
कर्णालीका कप्तान तिर्सना विश्वकर्माले ४३ रनको संघर्षपूर्ण इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकिनन् । कृष्मा गुरुङले ५ विकेट लिँदै बागमतीको जित सुनिश्चित गरिन् भने अविजित १५ रन पनि जोडेकी उनले प्लेयर अफ दि म्याचको उपाधि जितिन् ।
