२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११७
हेलिकप्टर दुर्घटना

उड्‌डयन प्राधिकरणलाई जिम्मेवार बनाउन सांसदहरूको माग

श्रावण २५, २०८१

नेपाल नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीलाई पदबाट हटाएर वा निलम्बनमा राखेर मात्रै हवाई दुर्घटनाको छानबिन अघि बढाउन सांसदहरूले सरकारलाई सुझाएका छन् । दुर्घटनाको स्वच्छ छानबिनका लागि मुख्य गरी...

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना : तीन सदस्यीय जाँचबुझ आयोग गठन

हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् आकस्मिक बैठकले नेपाली सेनाका बरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा तीन सदस्यीय आयोग गठन गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

'उडेको ३ मिनेटमै टावरसँग टुटेको थियो हेलिकप्टरको सम्पर्क'

एयर डाइनेस्टीको ९ एन-एजेडी रजिस्ट्रेसन रहेको हेलिकप्टर त्रिभुवन विमानस्थलबाट उडेको तीन मिनेटपछि नै काठमाडौं विमानस्थलमा रहेको टावरसँग सम्पर्क विच्छेद भएको थियो ।

हेलिकोप्टर दुर्घटनाप्रति प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त

प्रधानमन्त्री केपी शर्मा ओलीले नुवाकोटमा बुधबार दिउँसो एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना भएकोप्रति दुःख व्यक्त गरेका छन् । 

यी हुन् हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउने ५ जना

बुधबार दिउँसो दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकप्टरका क्याप्टेनसहित ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा क्याप्टेन अरुण मल्ल र चिनियाँ नागरिकहरू जुताड ताङ, ताइ ली, जेमिङ जी र यीयाड वु रहेका छन् । मृत्यु भएका चिनियाँ नागरिकमा ३ पुरुष र १ महिला छन् ।

हेलिकप्टरमा सवार पाँचै जनाको मृत्यु

बुधबार दिउँसो दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकप्टरमा सवार पाँचै जनाको ज्यान गएको छ । बुधबार १ बजेर १४ मिनेटमा त्रिभुवन विमानस्थलबाट ४ चिनियाँ यात्रु लिएर उडेको उक्त हेलिकप्टर नुवाकोट शिवपुरी गाउँपालिका-७ सूर्यचौर डाँडा र गुर्जेभन्ज्याङको बीचमा दुर्घटना हुँदा हेलिकप्टरमा सवार पाँचै जनाको ज्यान गएको हो । 

क्याप्टेन र ४ विदेशी सवार एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटमा दुर्घटना

नुवाकोटको शिवपुरी गाउँपालिका-७ सूर्यचौरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ । काठमाडौंबाट स्याफ्रुबेंसी उडेको एयर डाइनेस्टीको ९एनएजेडी कलसाइन भएको उक्त हेलिकप्टर बुधबार दिउँसो दुर्घटनामा परेको हो । 

नुवाकोटको शिवपुरी-७ सूर्यचौरमा हेलिकप्टर दुर्घटना

नुवाकोटमा एयर डाइनेस्टीको हेलिकटर दुर्घटना भएको छ । शिवपुरी-७ सूर्यचौर डाँडामा हेलिकप्टर ठोक्किएको नुवाकोटका एसपी शान्तिराज कोइरालाले जानकारी दिए ।