कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

निजी क्षेत्रलाई लगानीको उचित वातावरण दिन सरकार तयार छ : प्रधानमन्त्री ओली

भाद्र २७, २०८१
निजी क्षेत्रलाई लगानीको उचित वातावरण दिन सरकार तयार छ : प्रधानमन्त्री ओली

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका निजी क्षेत्रलाई लगानीको उचित वातावरण सृजना गर्न सरकार तयार रहेको बताएका छन् । नेपाल उद्योग परिसंघ र भौतिक यातायात तथा पूर्वाधार विकास मन्त्रालयद्वारा आयोजित ‘नेपाल पूर्वाधार सम्मेलन सम्मेलन, २०२४’ लाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन् ।

प्रधानमन्त्री ओलीले निजी क्षेत्रसाग हातमा हात मिलाएर जान तत्पर रहेको रहेको समेत बताए । ‘पूर्वाधार विकास आर्थिक वृद्धिका लागि उत्प्रेरक पक्ष हो । यस तथ्यलाई मनन गर्दै हामीले राम्रो सडक, पूर्वाधार विकास, ट्रान्समिटर लाइन आदिको विकासमा प्राथमिकता दिएका छौं,’ उनले भने, ‘यस प्रयासमा तीनै तहका सरकारसहित सबैको हातोमालो र सकारात्मक साथको अपेक्षा हामीले गरेका छौं ।’

प्रधानमन्त्री ओलीले कोभिड १९ पछि नेपालको अर्थतन्त्र क्रमशः पुनःउत्थान हुँदै गएको र नेपाल केही वर्षभित्र अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने अवगत गराए ।मुलुकमा पूर्वाधार निर्माणमा सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्ने बताउादै उनले धेरै पूर्वाधार परियोजनाहरुको वित्तपोषणमा समेत विकल्पहरु खोजिनुपर्ने बताए । ‘हामीले निजी क्षेत्रको सहभागिताबाट हाम्रा पूर्वाधारहरु निर्माण गर्न वित्तीय साधनहरु प्रयोग गर्ने तरिकाहरु खोज्नुपर्छ,’ उनले भने ।

पूर्वाधार विकासले जिवनको गुणस्तर बढाउने भन्दै उनले पानी र सरसफाइको पहुाचले स्वास्थ्य जोखिम कम हुने समेत बताए । ‘हामीलाई राम्रो सडक, बलियो विद्युत् प्रसारण पूर्वाधार, व्यवस्थित र दिगो शहहरु र उड्डय पूर्वाधार आवश्यक छ, सरकारको पनि प्राथमिकता हो,’ उनले भने ।

प्रकाशित : भाद्र २७, २०८१ १९:१४
×