कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

जापानको अध्यागमनले राष्ट्रिय फेन्सिङ खेलाडी दाहाललाई फिर्ता पठायो

आश्विन १, २०८१
जापानको अध्यागमनले राष्ट्रिय फेन्सिङ खेलाडी दाहाललाई फिर्ता पठायो

काठमाडौँ — तीन महिने तालिमका लागि जापान पुगेका राष्ट्रिय फेन्सिङ खेलाडी भिष्मराज दाहाललाई त्यहाँको अध्यागमनले फिर्ता पठाएको छ । नागोयास्थित विमानस्थल अध्यागमनले दाहाललाई आर्थिक अवस्थाको कारण देखाएर नेपाल फर्काएको हो ।

दाहाल सोमबार राति काठमाडौं आइपुगेका छन् । 'नागोया अध्यागमनले तयारी पुगेन, क्लबमा ट्रेनिङका लागि चाहिने कागजात र खानेबस्ने खर्चको स्रोतको सुनिश्चितता भएन भन्दै फिर्ता गरिदियो,' काठमाडौं उत्रिएपछि खेलाडी दाहालले भने । उनले आफूसँग रहेको पैसाले त्यहाँ ट्रेनिङ गर्न, पछि नेपाल फर्कन पुग्ने अवस्था र प्रायोजकको सुनिश्चितता नरहेको कारण पनि अध्यागमनले देखाएको बताए ।

तीन वर्षदेखि फेन्सिङ खेलमा आवद्ध दाहाल उनी वाग्मती प्रदेशबाट प्रतिनिधित्व गर्छन् । सर्लाहीको हरिवन नगरपालिका-११ बासा टोलका उनी सेप्टेम्बर १५ देखि आगामी डिसेम्बर १५ सम्म तालिममा रहने निश्चित भएको थियो । त्यसपछि उनले जापानमै रहेका भुवन हुमागाईं मार्फत् तालिम अवधिभरको सम्पूर्ण खर्चको सुनिश्चिततासहितको स्पोन्सर लेटर अध्यागमनमा पेस गरेका थिए । सोही लेटरको आधारमा नेपालस्थित जापानी दूतावासले उनलाई भिसा प्रदान गरेको थियो ।

त्यसपछि गएको १४ तारिकमा थाइ एयरवेजबाट नागोया पुगेका उनलाई एयरपोर्टबाटै जापानको अध्यागमनले फर्काएको हो । दाहालले कार्यक्रमका लागि भनेर आफूले हवाइ भाडा र अन्य बन्दोबस्तीका लागि २ लाख खर्च गरिसकेको तर तालिममा जान नपाएपछि त्यो सबै खेर गएको बताए ।


प्रकाशित : आश्विन १, २०८१ १५:०२
x
×