कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतको सुनुवाइ प्रक्रिया सुरु

आश्विन ३, २०८१
प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतको सुनुवाइ प्रक्रिया सुरु

काठमाडौँ — संवैधानिक परिषद्‍बाट नेपालको प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमानसिंह राउत र दुई देशका लागि सरकारले सिफारिस गरेका राजदूतको सुनुवाइ प्रक्रिया सुरु भएको छ ।

संसदीय सुनुवाइ समितिको बिहीबारको बैठकले संवैधानिक परिषद्‌बाट नेपालको प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमानसिंह राउत, अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादव र बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्सालको संसदीय सुनुवाइ सुरु भएको हो ।

समिति सभापति ईश्वरीदेवी न्यौपानेले प्रधानन्यायाधीश र दुई देशका लागि राजदूतहरूको सम्बन्धमा सार्वजनिक उजुरी आह्वान गर्ने निर्णय भएको जानकारी दिइन् । संवैधानिक परिषद्ले भदौ ३१ मा नेपालको प्रधानन्यायाधीशमा राउतलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्का फरक-फरक बैठकले यादवलाई अस्ट्रेलिया र लम्साललाई बेल्जियमका लागि राजदूत सिफारिस गरेको थियो । यादवल कांग्रेसकी नेता तथा पूर्वउपसभामुख हुन् भने लम्साल परराष्ट्र मन्त्रालयकी सचिव हुन् । प्रधानन्यायाधीशमा प्रस्तावित राउत, अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत यादव र बेल्जियमका लागि प्रस्तावित राजदूत लम्सालका सम्बन्धमा १० दिको समय दिएर सार्वजनिक उजुरी प्रकाशन हुनेछ । त्यसपछि थप सुनुवाइ प्रक्रिया अगाडि बढ्नेछ ।

परराष्ट्र सचिव लम्साललाई मन्त्रिपरिषद्को साउन ३१ को बैठकले बेल्जियमका लागि राजदूतमा सिफारिस गरेको थियो भने यादवलाई भदौ २४ को मन्त्रिपरिषद् बैठकले अस्ट्रेलियाका लागि राजदूतमा सिफारिसको निर्णय गरेको थियो ।

प्रकाशित : आश्विन ३, २०८१ १२:०१
×