कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

अखिल (क्रान्तिकारी)को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि 

आश्विन ३, २०८१
अखिल (क्रान्तिकारी)को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि 

काठमाडौँ — माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को २३ औँ राष्ट्रिय सम्मेलन यही असोज १० देखि सुरु हुने भएको छ । 

अखिल (क्रान्तिकारी)का उपाध्यक्ष एवं प्रवक्ता जीपी मैनालीले बिहीबार विज्ञप्ति जारी गर्दै असोज १० देखि १२ गतेसम्म काठमाडौंमा सम्मेलन हुने जानकारी दिएका हुन् । सम्मेलन उद्घाटन प्रदर्शनीमार्गस्थित वाल्मीकि क्याम्पसको प्रांगणमा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने छन् ।

सम्मेलनअन्तर्गत ११ गते विधान प्रतिवेदन प्रस्तुत हुने र १२ गते नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने प्रवक्ता मैनालीले बताए । नेतृत्व चयनका लागि प्रत्यक्ष निर्वाचन गर्नुपर्ने माग आकांक्षीहरुले राखेका छन् ।

यसअघि तय भएको सम्मेलन नेतृत्वबीच सहमति हुन नसक्दा पटक-पटक सर्दै आएको थियो ।

प्रकाशित : आश्विन ३, २०८१ २०:५९
×