कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२२

'नेसनल डे कन्सर्ट' मा प्रधानमन्त्री ओली

'नेसनल डे कन्सर्ट' मा प्रधानमन्त्री ओली

काठमाडौँ — संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८१ का अवसरमा काठमाडौँको दरबारर्गस्थित सडकमा आयोजित ‘नेसनल डे कन्सर्ट’ मा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका छन् ।

नागरिकस्तरबाट आयोजित विशाल कन्सर्टमा कलाकार र सहभागीलाई उत्साहित तुल्याउन प्रधानमन्त्री ओली कार्यक्रमस्थल पुगेका थिए । हातमा राष्ट्रिय झण्डा बोकेर फहराउँदै कन्सर्टको स्टेजमा देखिएका प्रधानमन्त्री ओलीले संविधान दिवसको शुभकामना दिए ।


'हामी यस भव्य कन्सर्टको आनन्द लिइरहेका छौँ । अत्यन्त उल्लासका साथ कार्यक्रम भइरहेको छ । दिवसलाई भव्य ढङ्गले मनाउन आग्रह गर्छु । तपाईहरू इन्जोय गर्नुस् । धेरै धेरै धन्यवाद,' ओलीले भनेका थिए ।’



प्रकाशित : आश्विन ३, २०८१ १९:५५
×