क्याप्टेन र ४ विदेशी सवार एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटमा दुर्घटना

श्रावण २३, २०८१

सुरज कुँवर

Captain and 4 foreign passengers crash in Air Dynasty helicopter in Nuwakot

काठमाडौँ — नुवाकोटको शिवपुरी गाउँपालिका-७ सूर्यचौरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ । काठमाडौंबाट स्याफ्रुबेंसी उडेको एयर डाइनेस्टीको ९एनएजेडी कलसाइन भएको उक्त हेलिकप्टर बुधबार दिउँसो दुर्घटनामा परेको हो । 

नुवाकोटका एसपी शान्तिराज कोइरालाका अनुसार स्थानीयले डाँडामा धुँवा देखेपछि प्रहरीलाई खबर गरेको बताए । एयर डाइनेस्टीका व्यवस्थापक बालकृष्ण पण्डितका अनुसार हेलिकप्टर हराइरहेको जानकारी प्राप्त भएको बताए । उनका अनुसार ४ जना विदेशीलाई स्याफ्रुबेंसी छाडेर फेरि त्यहाँबाट विदेशी नै लिएर काठमाडौं आउने गरी तालिका थियो ।

हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार १ बजेर ५४ मिनेटमा उडेको थियो ।  पण्डितका अनुसार उक्त हेलिकप्टर चिनियाँ पर्यटक लिएर स्याफ्रुबेंसी उडेको थियो । 

हेलिकप्टर दुर्घटना

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully