कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

नुवाकोटको शिवपुरी-७ सूर्यचौरमा हेलिकप्टर दुर्घटना

श्रावण २३, २०८१
नुवाकोटको शिवपुरी-७ सूर्यचौरमा हेलिकप्टर दुर्घटना

काठमाडौँ — नुवाकोटमा एयर डाइनेस्टीको हेलिकटर दुर्घटना भएको छ । शिवपुरी-७ सूर्यचौर डाँडामा हेलिकप्टर ठोक्किएको नुवाकोटका एसपी शान्तिराज कोइरालाले जानकारी दिए ।

उनले स्थानीय र प्रहरी घटनास्थलमा पुगिसकेको जानकारी दिए । उनले भने, 'हेलिकप्टर ठोक्किएको हो । केही शवहरु देखिएको सूचना आएको छ ।' उनले आफूहरू पनि त्यता जान लागेको बताए ।

बुधबार दिउँसो दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकप्टरका क्याप्टेनसहित ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा क्याप्टेन अरुण मल्ल र चिनियाँ नागरिकहरू जुताड ताङ, ताइ ली, जेमिङ जी र यीयाड वु रहेका छन् । मृत्यु भएका चिनियाँ नागरिकमा ३ पुरुष र १ महिला छन् ।

१ बजेर ५४ मिनेटमा त्रिभुवन विमानस्थलबाट ४ चिनियाँ यात्रु लिएर उडेको उक्त हेलिकप्टर शिवपुरी गाउँपालिका-७ सूर्यचौर डाँडामा दुर्घटना हुँदा हेलिकप्टरमा सवार पाँचै जनाको ज्यान गएको हो ।

प्रकाशित : श्रावण २३, २०८१ १४:५१
×