कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना : तीन सदस्यीय जाँचबुझ आयोग गठन

श्रावण २३, २०८१
एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना : तीन सदस्यीय जाँचबुझ आयोग गठन

काठमाडौँ — हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् आकस्मिक बैठकले नेपाली सेनाका बरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा तीन सदस्यीय आयोग गठन गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

आयोगमा एरोनोटिकल इन्जिनियर विष्णु बस्नेत र तनुजा पोखरेल सदस्य छन् । आयोगलाई काम सुरु भएको मितिले ३० दिनभित्र प्रतिवेदन पेस गर्न समयावधि तोकिएको छ ।

बुधबार दिउँसो एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेन अरुण मल्ल र चार जना चिनियाँ पर्यटकको निधन भएको थियो । चिनियाँ नागरिकको निधन भएकोमा सरकारले दु:ख व्यक्त गर्दै मृतकका परिवार र चीन सरकारप्रति समवेदना व्यक्त गरेको छ ।

प्रकाशित : श्रावण २३, २०८१ १८:०३
×