कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

हेलिकोप्टर दुर्घटनाप्रति प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त

श्रावण २३, २०८१
हेलिकोप्टर दुर्घटनाप्रति प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नुवाकोटमा बुधबार दिउँसो एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना भएकोप्रति दुःख व्यक्त गरेका छन् । 

सिंहदरबारस्थित उपत्यका मेयर्स फोरमका पदाधिकारीसँग पूर्व निर्धारित भेटघाटमा रहेका प्रधानमन्त्री ओलीले दुर्घटनाको खबर थाहा पाएपछि भारी मनका साथ नगरप्रमुखहरुसँग प्रस्तुत हुँदै भेटघाटलाई संक्षिप्त बनाएका थिए ।

प्रधानमन्त्री ओलीले १४ दिनपछि अर्काे हवाइ दुर्घटना हुनु दुःखद् भएको बताए । उक्त दुर्घटनाका सम्बन्धमा केही बेरपछि मन्त्रिपरिषद्को आकरिस्मक बैठक बस्ने तयारी भएको छ ।

प्रकाशित : श्रावण २३, २०८१ १५:४५
×