कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

यी हुन् हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउने ५ जना

श्रावण २३, २०८१
यी हुन् हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउने ५ जना

काठमाडौँ — बुधबार दिउँसो दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकप्टरका क्याप्टेनसहित ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा क्याप्टेन अरुण मल्ल र चिनियाँ नागरिकहरू जुताड ताङ, ताइ ली, जेमिङ जी र यीयाड वु रहेका छन् । मृत्यु भएका चिनियाँ नागरिकमा ३ पुरुष र १ महिला छन् ।

बुधबार १ बजेर ५४ मिनेटमा त्रिभुवन विमानस्थलबाट ४ चिनियाँ यात्रु लिएर उडेको उक्त हेलिकप्टर शिवपुरी गाउँपालिका-७ सूर्यचौर डाँडामा दुर्घटना हुँदा हेलिकप्टरमा सवार पाँचै जनाको ज्यान गएको हो ।

प्रत्यक्षदर्शीका अनुसार हेलिकप्टर रुखमा ठोक्किएर आगो लाग्दै झरेको थियो ।

प्रकाशित : श्रावण २३, २०८१ १५:३३
×