कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

'उडेको ३ मिनेटमै टावरसँग टुटेको थियो हेलिकप्टरको सम्पर्क'

श्रावण २३, २०८१
'उडेको ३ मिनेटमै टावरसँग टुटेको थियो हेलिकप्टरको सम्पर्क'

काठमाडौँ — एयर डाइनेस्टीको ९ एन-एजेडी रजिस्ट्रेसन रहेको हेलिकप्टर त्रिभुवन विमानस्थलबाट उडेको तीन मिनेटपछि नै काठमाडौं विमानस्थलमा रहेको टावरसँग सम्पर्क विच्छेद भएको थियो ।

बुधबार दिउँसो १ बजेर ५४ मिनेटमा काठमाडौं विमानस्थलबाट रसुवाको स्याफ्रुबेंसीका लागि ४ जना यात्रु (चिनियाँ नागरिक) लिएर उडेको थियो ।

नेपाल नागरिक उडड्यन प्राधिकरण, खोज तथा उद्धार समन्वय केन्द्रले बुधबार जारी गरेको विज्ञप्तिअनुसार सो हेलिकप्टर उडान गरेको ३ मिनेट पछि काठमाडौं टावरसँग सम्पर्क विच्छेद भई नुवाकोटको शिवपुरी गाउँपालिका-७ सूर्याचौरमा दुर्घटनामा परेको हो । दुर्घटनामा चार जना यात्रुसहित क्याप्टेनको मृत्यु भएको छ ।

प्रकाशित : श्रावण २३, २०८१ १६:०३
×