कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

एमालेसँग मिलेपछि देशभरि कांग्रेसका साथीहरू खुसी हुनुहुन्छ : सभापति देउवा

भाद्र २७, २०८१
एमालेसँग मिलेपछि देशभरि कांग्रेसका साथीहरू खुसी हुनुहुन्छ : सभापति देउवा

काठमाडौँ — नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अरु राजनीतिक दललाई कमजोर बनाउन वर्तमान सरकार निर्माण नभएको दाबी गरेका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित उत्कृष्ट नगरपालिका र गाउँपालिकालाई सम्मान कार्यक्रममा बोल्दै सभापति देउवाले अरू दलहरूलाई सिध्याउने भन्ने नीति नभएको बताए । 

सभापति देउवाले आफूले सबैलाई मिलाएर अघि बढाउन चाहेको बताए । उनले कांग्रेस र एमालेबीच सरकार बनेपछि देशभरि कांग्रेसका नेता कार्यकर्ताहरूमा खुसीयाली छाएको र उत्साह रहेको बताए ।

उनले भने, ‘हाम्रो पार्टी र नेकपा एमाले सहमतिमा पगेर अहिले नयाँ सरकार बनेको छ । एमाले र माओवादी हुँदा हाम्रो पार्टीको अवस्थाप्रति सबै साथीहरु चिन्तित थिए । डराएका पनि थिए । अफ्ठ्यारो पनि मानेका थिए । उहाँहरुकै सुझाव अनुसार एमालेका नेता केपी शर्मा ओलीसँग कुरा गरेर सहमतिमा पुग्यौँ । त्यो सहमतिले अहिले केपी ओलीजी प्रधानमन्त्री हुनुहुन्छ । दुई वर्ष पुगेपछि डेढ वर्षको निम्ति मलाई प्रधानमन्त्री छोड्ने सहमति भएको छ । यसले देशभरका साथीहरुमा सुखद् कुरा आएको छ । सबै साथीहरु खुसी छन् । दुई पार्टीको बीचमा जो सहमति भएको छ । त्यसले अरु केही पार्टीका साथीहरु दुई पार्टी मिलेपछि हामी अरु पार्टी सिद्धिन्छ भन्ने चिन्ता होला । तर हामी कसैलाई सिध्याउने, कमजोर गर्ने हाम्रो पार्टीको नीति पनि होइन ।'

उनले पार्टीमा अब नयाँ पुस्ताले नेतृत्व लिन तयार हुनुपर्ने बताए । 'भोलिका दिनहरु चुनौतीपूर्ण र महत्वपूर्ण अवसरका रुपमा रहेका छन् ।दुवैलाई मिलाएर अघि बढ्न म आग्रह गर्दछु । मेरो त एज पनि भयो । अब तपाईहरू नै अघि बढ्ने हो,' उनले भने।

प्रकाशित : भाद्र २७, २०८१ १७:३२
×