कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

१०० गाउँपालिकामा खटिए प्रमुख प्रशासकीय अधिकृत [सूचीसहित]

भाद्र २७, २०८१
१०० गाउँपालिकामा खटिए प्रमुख प्रशासकीय अधिकृत [सूचीसहित]

काठमाडौँ — महिनौँदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन रहेका एक सय वटा गाउँपालिकाले एकैपटक प्रमुख प्रशासकीय अधिकृत पाएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार एक सय वटा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाएको हो ।

बुधबार शाखा अधिकृतमा नियुक्त भएका १०६ जना शाखा अधिकृतहरूमध्ये ६ जनालाई काठमाडौंमै खटाइएको छ । मन्त्रालयले अरु एक सय जनालाई प्रमुख प्रशासकीय अधिकृतका रुपमा खटाएको हो ।

बाँकी ६ मध्ये ३ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा खटाइएको छ भने अन्य ३ जनालाई अतिरिक्त समूहमा राखिएको छ ।

हाल १२३ वटा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन रहेकोमा मन्त्रालयले एकैपटक एक सय गाउँपालिकामा अधिकृतहरू खटाएको हो । रिक्त रहेका २३ गाउँपालिकामा पनि जतिसक्दो चाँडै प्रमुख प्रशासकीय अधिकृत पठाउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सहसचिवको दरबन्दी रहेका ६ वटै महानगरपालिकामा दरबन्दीअनुसार प्रमुख प्रशासकीय अधिकृत खटिएका छन् । सहसचिवकै दरबन्दी रहेका ११ उपमहानगरपालिकामध्ये एउटामा प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त छ । त्यस्तै, २७६ नगरपालिकामा उपसचिवको दरबन्दी रहेकोमा १४६ नगरपालिकामा पदपूर्ति भइसकको छ। अब १३० नगरपालिकामामात्रै प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त छ ।

देशभर ७५३ मध्ये १५४ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त छ । ती स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलिरहेका छन् ।

को कहाँ खटिए?

प्रकाशित : भाद्र २७, २०८१ १८:०७
×