कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

६० किलो सुन तस्करी प्रकरणमा फरार हङकङका नागरिक पक्राउ

भाद्र २७, २०८१
६० किलो सुन तस्करी प्रकरणमा फरार हङकङका नागरिक पक्राउ

काठमाडौँ — ६० किलो सुन तस्करी प्रकरणमा फरार रहेका हङकङका नागरिक ५५ वर्षीय मिन्ट सिङतेरेन्सलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले मंगलबार काठमाडौंबाट पक्राउ गरी बुधबार जिल्ला अदालत काठमाडौंमा पेस गरेको हो।

२०८० श्रावण २ गते अवैध सुन ६० किलो ७१६ ग्राम बरामद भएको प्रकरणमा उनीविरुद्ध प्रहरीले अवैध सुन कारोवारतर्फ तीस अर्ब चौरासी करोड बाह्र लाख छब्बिस हजार चार सय चालिस रुपैयाँ र नेपाल राष्ट्र बैंक ऐन सम्बन्धी कसूरतर्फ पन्ध्र करोड पच्चिस लाख बिगो कायम गरी मुद्दा दायर गरेको थियो ।

उनी वाल्डो क्यासिनोका मेनेजर समेत हुन् । उनले त्यही क्यासिनोमार्फत् कारोबार गरेको सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

काठमाडौं जिल्ला अदालतले उनलाई बिहीबार पुर्पक्षका लागि केन्द्रीय कारागार कार्यालय सुन्धारा पठाएको छ।

प्रकाशित : भाद्र २७, २०८१ १८:५६
×