२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११७
बंगलादेश आन्दोलन

बंगलादेशका प्रधानन्यायाधीशद्वारा राजीनामा

श्रावण २६, २०८१

बंगलादेशका प्रधानन्यायाधीश ओबेदुल हसनले राजीनामा दिएका छन् । आन्दोलनकारी विद्यार्थीहरूले शनिबार सर्वोच्च अदालत घेराउ गरेपछि प्रधानन्यायाधीश हसनले पदबाट राजीनामा दिएका हुन् ।...

बंगलादेशमा युनुसको नेतृत्वमा अन्तरिम सरकार

बंगलादेशमा नोबेल पुरस्कार विजेता तथा अर्थशास्त्री मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन हुने भएको छ । रास्ट्रपति कार्यालय बंगभवनले मंगलबार राति प्रेस विज्ञप्ति जारी गर्दै युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन हुने जनाएको हो । युनुस अन्तरिम सरकारको प्रमुख सल्लाहकार हुनेछन् ।

बीएनपीकी अध्यक्ष बेगम खालिदा जिया रिहा

बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष बेगम खालिदा जिया रिहा भएकी छन् । राष्ट्रपति मोहम्मद शहाबुद्धिनले  रिहा गर्न  दिएको निर्देशनअनुसार मंगलबार औपचारिक राजपत्रमा रिहाको  सूचना जारी गरिएको हो ।

बंगलादेशको संसद् विघटन, अन्तरिम सरकार गठनको तयारी

बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्धिनले अन्तरिम सरकार गठनका लागि मंगलबार संसद् भंग गरेका छन् ।राष्ट्रपति शाहबुद्दीनले तीनै सेनाका प्रमुख, विभिन्न राजनीतिक दलका नेता, नागरिक समाजका प्रतिनिधि र विभेद विरुद्धको विद्यार्थी आन्दोलनका अगुवाहरुसँगको बैठकको निर्णयका आधारमा राष्ट्रिय संसद् विघटन गरेको विज्ञप्तिमा उल्लेख छ ।

बंगलादेशमा अन्तरिम सरकारको नेतृत्व गर्न नोबेल विजेता मोहम्मद युनुस सहमत

नोबेल शान्ति पुरस्कार विजेता प्राध्यापक मोहम्मद युनुस बंगलादेशमा बनाउने भनिएको अन्तरिम सरकारको प्रमुख सल्लाहकार बन्न सहमत भएका छन् । द डेली स्टारले विश्वसनीय स्रोतको हवाला दिँदै प्राध्यापक युनुस अन्तरिम सरकारको नेतृत्व गर्न सहमत भएको जनाएको हो । 

बंगलादेशमा शैक्षिक संस्थाहरू खोल्न निर्देशन

बंगलादेशमा सेनाले सत्ता सम्हालेपछि शैक्षिक संस्थाहरू खोल्न निर्देशन दिएको छ । प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएपछि सेनाले सत्ता सम्हालेको छ । राष्ट्रपति मोहम्मद शाहबुद्दीनले अन्तरिम सरकार गठनका लागि निर्देशन दिइसकेका छन् । त्यतिन्जेल मुलुकको शान्ति सुरक्षा सेनाले सम्हाल्ने बताइएको छ । 

पूर्वप्रधानमन्त्री खालिदा जियालाई रिहा गर्न बंगलादेशी राष्ट्रपतिको आदेश

बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दीनले विपक्षी दलका नेता खालिदा जियालाई रिहा गर्न आदेश दिएका छन् । प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर मुलुक छाडेपछि राष्ट्रपति शाहबुद्दीनले जियालाई रिहा गर्न आदेश दिएका हुन् । प्रधानमन्त्री हसिनाले राजीनमा दिएसँगै सेना प्रमुख वाकर उज जमानले अन्तरिम सरकार गठन गरिने बताएका छन् ।

बंगलादेशका विद्यार्थी नेता भन्छन् : अन्तरिम सरकार नोबेल विजेता मोहम्मद युनुसको नेतृत्वमा गठन गरिनुपर्छ

बंगलादेशका विद्यार्थी नेताले अन्तरिम सरकार नोबेल विजेता मोहम्मद युनुसको नेतृत्वमा गठन गरिनुपर्ने बताएका छन् । 'विभेदविरोधी विद्यार्थी आन्दोलन' का संयोजक नाहिद इस्लाम, असिम महमद र अबु बाकर मजुम्दारका तर्फबाट मंगलबार सबेरै सार्वजनिक गरिएको भिडियोमा युनुसलाई अन्तरिम सरकारको जिम्मेवारी दिइनुपर्ने बताइएको हो ।

‘दक्षिण एसियाका शासकलाई बंगलादेशको सन्देश : जनतालाई तुच्छ र मूर्ख नठान्नुस्’

शाहिदुल आलम बंगलादेशका प्रख्यात फोटोपत्रकार तथा सामाजिक अभियन्ता हुन् । उनलाई सन् २०१८ मा शेख हसिना नेतृत्वको सरकारले झुटो आरोपमा गिरफ्तार गरेको थियो । सडक सुरक्षाको सवालमा भएको विद्यार्थी आन्दोलनमा सरकार निर्मम रूपमा प्रस्तुत भएको आरोप लगाउँदै उनले अल जजिरा टीभीमा अन्तर्वार्ता दिनुका साथै फेसबुकमार्फत सरकारको विरोध गरेका थिए ।

लोकतन्त्रकी सेनानी, निरंकुशताकी साम्राज्ञी

शेख हसिना बंगलादेशका स्वतन्त्रता नायक शेख मुजिबर रहमानकी छोरी तथा अवामी लिगकी नेत्री हुन् । पूर्वी पाकिस्तानका रूपमा रहेको बंगलादेश सन् १९७१ मा रहमानको नेतृत्वमा स्वतन्त्र भएको थियो । दक्षिण एसियाको कान्छो राष्ट्रको पहिलो राष्ट्रपति रहमानलाई बंगबन्धु (बंगालका साथी) पनि भनिन्छ । 

हसिनाराजको अवसान, लोकतन्त्र अझै अनिश्चित 

बंगलादेशमा सरकारविरोधी आन्दोलन उत्कर्षमा पुगेपछि प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छाडेकी छन् । हसिनाले मुलुक छाडेलगत्तै देशको बागडोर सेनाले लिएको छ, यद्यपि सेना प्रमुख जनरल वाकर–उज–जमानले सबै दलको सहभागितामा अन्तरिम सरकार गठन हुने घोषणा गरेका छन् ।

शेख हसिना : 'लोकतान्त्रिक अधिनायकवाद'को पतन

१५ वर्ष लगातार बंगलादेशमा शासन गरेकी शेख हसिना आफ्नो सरकारविरोधी आन्दोलनका कारण ज्यानै खतरामा परेपछि सोमबार देश छोडेर भागेकी छन् । सोमबार भारत पुगेकी उनी त्यहाँबाट लण्डन जाने तयारी गरिरहेकी छन् ।

बंगलादेशको घटनाबाट हामीले पनि धेरै कुरा सिक्न जरुरी छ : अध्यक्ष दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले बहुमत छ भन्दैमा शासकलाई ‘जे पनि गर्ने छुट’ नरहेको भन्दै त्यसो गरिए बंगलादेशको जस्तै दुर्भाग्यपूर्ण स्थिति आउने बताएका छन् ।

केन्द्रीय सुरक्षा समिति बैठक : नेपाल-भारत सीमास्थलमा कडाइ गर्न निर्देशन

केन्द्रीय सुरक्षा समितिको बैठकले नेपाल-भारत सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई कडाइ गर्न निर्देशन दिएको छ । सोमबार गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको समितिको बैठकले बंगलादेशमा भएको तनावपूर्ण राजनीतिक घटनाक्रमसँगै त्यसले नेपालमा पार्ने असरका बारे समीक्षा गर्दै स्थल नाकाबाट हुने आवत् जावत्‌लाई व्यवस्थित गर्न तथा मानिसको चेकजाँचमा कडाइ गर्न निर्देशन दिएको हो । 

हसिनाका छोराले भने- उहाँ निराश हुनुहुन्छ, अब राजनीतिमा पुनरागमन हुन्न 

प्रदर्शन चर्किएपछि देश छोडेर भागेकी बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाका छोरा सजिब वाजेद जोय आफ्नी आमा अत्यन्त  निराश रहेको र अब उनको राजनीतिमा पुनरागमन नहुने बताएका छन् । बीबीसी विश्वसेवासँग कुरा गर्दै उनले भनेका छन्-'आफ्नो सबै कडा परिश्रमपछि पनि अल्पसंख्यक आफ्नो विरुद्धमा उठेकोमा उहाँ धेरै निराश हुनुहुन्छ ।' 

हसिनालाई देशै छाड्न बाध्य पार्ने बंगलादेशको आन्दोलन [तस्बिरहरू]

सरकारविरोधी आन्दोलन चर्किएपछि बंगलदेशकी प्रधानमन्त्री शेख हसिना देशै छोडेर भागेकी छन् । उनी भारतको नयाँदिल्ली पुगेकी छन् । बंगलादेशमा १५ वर्ष निरन्तर शासन गरिरहेकी हसिनाको पछिल्ला अनुदारवादी गतिविधिका कारण असन्तुष्ट रहेका नागरिकहरूले बंगलादेशमा विशाल प्रदर्शन गरे ।

भारतको त्रिपुरा पुगिन् बंगलादेशी प्रधानमन्त्री

बंगलादेशी प्रधानमन्त्री शेख हसिना भारतको त्रिपुरा राज्य पुगेकी छिन् । अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार आन्दोलनकारीले आवासमै छिरेर प्रदर्शन गरेपछि देश छाडेकी उनी ढाकाबाट हेलिकप्टरमा उडेकी थिइन् । केहीबेर अघि उनी भारतको त्रिपुरा राज्य पुगेकी छन् ।

बंगलादेशमा ४०० विद्यार्थीसहित बाँकी सम्पूर्ण नेपाली सुरक्षित : ढाकास्थित नेपाली दूतावास

बंगलादेशमा रहेका करिब ४०० विद्यार्थीहरूसहित सम्पूर्ण नेपालीहरु सुरक्षित रहेको ढाकास्थित नेपाली दूतावासले जनाएको छ ।

बंगलादेश अन्दोलनको प्रभाव : नाकामै रोकिए कन्टेनर

बंगलादेश निर्यात गर्न लोड गरिएका ११ वटा मोलासिसका कन्टेनर पूर्वीनाका काँकरभिट्टामा रोकिएका छन् । बंगलादेशमा सरकारी सेवामा कायम गरिएको आरक्षण प्रणालीको विरोधमा चर्किएको आन्दोलनको प्रत्यक्ष प्रभाव नेपाल-बंगलादेश व्यापारमासमेत परेको हो ।