बंगलादेशको संसद् विघटन, अन्तरिम सरकार गठनको तयारी

श्रावण २२, २०८१

कान्तिपुर संवाददाता

Dissolution of parliament of Bangladesh, preparations for formation of interim government

काठमाडौँ — बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्धिनले अन्तरिम सरकार गठनका लागि मंगलबार संसद् भंग गरेका छन् ।राष्ट्रपति शाहबुद्दीनले तीनै सेनाका प्रमुख, विभिन्न राजनीतिक दलका नेता, नागरिक समाजका प्रतिनिधि र विभेद विरुद्धको विद्यार्थी आन्दोलनका अगुवाहरुसँगको बैठकको निर्णयका आधारमा राष्ट्रिय संसद् विघटन गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा बीएनपी अध्यक्ष खालिदा जियालाई रिहा गरिएको पनि उल्लेख छ । विद्यार्थी आन्दोलन र विभिन्न मुद्दामा थुनामा परेकाहरुलाई रिहा गर्ने प्रक्रिया सुरु भइसकेको र धेरैलाई रिहा गर्ने पनि जनाइएको छ । विद्यार्थीहरूले सैनिक नेतृत्वको सरकार मान्य नहुने बताइसकेका छन् । उनीहरुले नोबल पुरस्कार विजेता मोहम्मद युनुसलाई अघि सार्नुपर्ने माग गरेका छन् । 

आन्दोलनका कारण प्रधानमन्त्री शेख हसिनाको सत्ता ढलेपछि  मुलुकलाई नयाँ दिशा दिनका लागि संसद् विघटन गरिएको हो । हसिना देश छोडेर भागेकी छन् । उनी अहिले भारतमा छिन् । 

बंगलादेश आन्दोलन

कान्तिपुर

Link copied successfully