कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

बंगलादेशमा शैक्षिक संस्थाहरू खोल्न निर्देशन

श्रावण २२, २०८१
बंगलादेशमा शैक्षिक संस्थाहरू खोल्न निर्देशन

काठमाडौँ — बंगलादेशमा सेनाले सत्ता सम्हालेपछि शैक्षिक संस्थाहरू खोल्न निर्देशन दिएको छ । प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएपछि सेनाले सत्ता सम्हालेको छ । राष्ट्रपति मोहम्मद शाहबुद्दीनले अन्तरिम सरकार गठनका लागि निर्देशन दिइसकेका छन् । त्यतिन्जेल मुलुकको शान्ति सुरक्षा सेनाले सम्हाल्ने बताइएको छ । 

सेनाको सञ्चार निर्देशनालय इन्टर-सर्भिसेज पब्लिक रिलेसन्स(अन्तवाहिनी जनसंयोग) ले मंगलबारदेखि सम्पूर्ण शैक्षिक संस्थाहरू खोल्न निर्देशन दिइएको जनाएको छ । ढाकामा केही विद्यालयहरू खुले पनि न्यून संख्यामा विद्यार्थी उपस्थित रहेको ढाका ट्रिब्युनले जनाएको छ ।

कक्षा ११ को भर्ना खुलिरहेकाले पनि केही विद्यार्थी आइरहेको उदयन उच्च माविकी प्राचार्य जोहरा बेगमले जनाएकी छिन् । बुधबारदेखि भने शैक्षिक संस्थाहरूमा विद्यार्थीको उपस्थिति धेरै हुन सक्ने बताइएको छ ।

जुलाई १६ देखि विद्यार्थीहरूले आन्दोलन चर्काएपछि जुलाई १७ देखि बंगलादेशको शिक्षा मन्त्रालयले अनिश्चितकालका लागि शैक्षिक संस्थाहरू बन्द गर्न निदर्शेन

प्रकाशित : श्रावण २२, २०८१ १२:३८
×