बंगलादेशका विद्यार्थी नेता भन्छन् : अन्तरिम सरकार नोबेल विजेता मोहम्मद युनुसको नेतृत्वमा गठन गरिनुपर्छ

श्रावण २२, २०८१

कान्तिपुर संवाददाता

Bangladesh student leader says: Interim government should be formed under the leadership of Nobel laureate Mohammad Yunus

काठमाडौँ — बंगलादेशका विद्यार्थी नेताले अन्तरिम सरकार नोबेल विजेता मोहम्मद युनुसको नेतृत्वमा गठन गरिनुपर्ने बताएका छन् । 'विभेदविरोधी विद्यार्थी आन्दोलन' का संयोजक नाहिद इस्लाम, असिम महमद र अबु बाकर मजुम्दारका तर्फबाट मंगलबार सबेरै सार्वजनिक गरिएको भिडियोमा युनुसलाई अन्तरिम सरकारको जिम्मेवारी दिइनुपर्ने बताइएको हो ।

युनुस सन् २००६ मा नोबेल शान्ति पुरस्कार विजेता अर्थशास्त्री हुन् । उनी बंगलादेशको ग्रामीण बैंकका संस्थापकसमेत हुन् । पछिल्लो समय उनी नागरिक अभियन्ताका रूपमा समेत सक्रिय छन् । सोमबार राति पत्रकार सम्मेलनमा विद्यार्थी आन्दोलनका संयोजक नाहिद इस्लामले २४ घण्टाभित्र अन्तरिम सरकार गठन हुनुपर्ने बताएका हुन् ।

Bangladesh student leader says: Interim government should be formed under the leadership of Nobel laureate Mohammad Yunusनोबेल पुरस्कार विजेता मोहम्मद युनुस

सोमबार राति नै राष्ट्रपति मोहम्मद शाहबुद्दीनले अन्तरिम सरकार गठनका लागि पहल गर्न भनिसकेका छन् । राष्ट्रपति भवनमा सेना प्रमुख, जलसेना प्रमुख, वायुसेना प्रमुख, विभिन्न दलका नेता र नागरिक समाजका अगुवाहरूसँगको कुराकानीपछि राष्ट्रपतिले अन्तरिम सरकार गठन गर्न भनेका हुन् ।

त्यसअघि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर मुलुक छाडेसँगै सेनाप्रमुख जनरल वाकर उज जमानले छिट्टै नै अन्तरिम सरकार गठन हुने बताएका थिए । 

बंगलादेश आन्दोलन

कान्तिपुर

Link copied successfully