‘अब पनि म पदमा बसिरहनु भनेको न्युजिल्यान्डका लागि हानि पुर्याउनु हो ।’ अप्रत्याशित रूपमा बिहीबार प्रधानमन्त्रीको पदबाट राजीनामा घोषणा गरेकी जसिन्डा आर्डनको भनाइ हो यो । भर्खरै ४२ वर्ष पुगेकी आर्डनले अर्को महिनादेखि नै देशको नेतृत्व छाडिहाल्नुपर्ने के त्यस्तो कारण आइलाग्यो त ?
अफगानिस्तानमा सत्ता कब्जा गरेको करिब पन्ध्र महिनापछि तालिवानले छात्राहरूलाई पढ्न रोक लगाएपछि नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाईले एक ट्वीट गरिन्, ‘कम्तीमा मलाई एउटा आशा थियो– अफगान छात्राहरू विद्यालयबाट घर फर्काइने छैनन् । तर तालिवानले आफ्नो वाचा पूरा गरेनन् ।’
विभिन्न आरोह–अवरोहबीच सन् २०२२ लाई हामीले बिदा गरेका छौं । गएका ३ सय ६५ दिनमा विश्व समुदायले राजनीतिक परिवर्तन, आर्थिक उन्नति र संकट, प्राकृतिक प्रकोप, विकास र सुधारका विभिन्न घटनाबारे जान्ने, बुझ्ने र अनुभव गर्ने अवसर पायो । तर पनि यो अवधिमा खासगरी रुस–युक्रेन युद्ध चर्चा र चासोको केन्द्रमा रह्यो ।
‘महिला, जीवन र स्वतन्त्रता ।’ इरानी महिलाहरूले शताब्दीभन्दा लामो समयदेखि समानताका लागि उठाइरहेको यो आवाज अढाई महिनायता भने निकै बुलन्द बनेको छ । कारण, हिजाबसम्बन्धी कानुन पूर्ण रूपमा पालना नगरेको आरोपमा धार्मिक प्रहरीद्वारा पक्राउ परेकी २२ वर्षीया महसा अमिनीको रहस्यमय मृत्यु ।
रूसले फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण सुरु गरेपछि कुनै पनि हालतमा देश नछाड्ने अभिव्यक्ति दिएका युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की त्यसयता अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको केन्द्रमा छन् । प्रतिष्ठित म्यागेजिन टाइमले बुधबार साँझ उनलाई ‘सन् २०२२ को वर्ष व्यक्ति’ घोषित गरेपछि उनको चर्चा थप चुलिएको छ ।
विश्वमा औद्योगीकरण र यातायात क्षेत्रमा खनिज इन्धनको अत्यधिक प्रयोगका साथै वन विनाशका कारण हरितगृह ग्यासको अत्यधिक उत्सर्जनबाट विश्वभर जलवायु परिवर्तनमा तीव्रता आउन थाल्यो ।
ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले राष्ट्रपति चुनाव हुनुअघि नै प्रतिस्पर्धाको नतिजा आकलन गर्दै भनेका थिए– ‘जेल, मृत्यु वा विजय ।’ विजय उनका लागि सम्भव भएन । मृत्यु उनको राष्ट्रपतीय कार्यकालको अन्त्यका रूपमा प्रकट भयो । अनि, जेल ? सहजै ठोकुवा गरिहाल्न सकिने विषय भने होइन । तर यसका सम्भावना भने प्रशस्त छन् ।
मलेसियामा २४ वर्ष शासन गरेका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मदले सन् १९९९ को नोभेम्बरमा ११ मा संसद् विघटन गरेर १८ दिनपछि चुनाव गराएका थिए । मनसुन याममा चुनाव गराएका तिनै महाथिरले आगामी दुई महिनाभित्र चुनाव गराउने मलेसियाली प्रधानमन्त्री इस्माइल साब्रीको निर्णयको भने कडा आलोचना गरेका छन् । मनसुन सक्रिय रहेको समयमा चुनाव गराउने काम ‘खराब चाल’ भएको उनको भनाइ छ ।
इरानी धार्मिक प्रहरीद्वारा पक्राउ परेकी एक युवतीको हिरासतमा मृत्यु भएपछि इरानमा सुरु भएको विरोध प्रदर्शन चर्कंदै गएको छ ।कुर्दिस्तानस्थित आफ्नो घरबाट राजधानी तेहरान जाने क्रममा २२ वर्षीया महसा अमिनीलाई हिजाबसम्बन्धी कानुन उल्लंघनको आरोपमा ‘गस्त–इ–इरसाद’ प्रहरीले गत साता पक्राउ गरेको थियो । २२ वर्षीया अमिनीको पक्राउ परेको तीन दिनपछि हिरासतमा मृत्यु भएको हो ।
बेलायतमा सात दशकभन्दा लामो समय शासन गरेकी महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा निधन भएको छ । स्कटल्यान्डस्थित बालमोरल दरबारमा बिहीबार साँझ उनको निधन भएको घोषणा गरिएको हो ।