सहारा सहकारीका पीडित बचतकर्ता सोध्छन् : जीबी राई अहिलेसम्म किन समातिएनन् ?

'कतै यसमा उच्चपदस्थ व्यक्तिहरू त सम्मिलित छैनन् ?'

वैशाख १४, २०८१

रमेशकुमार पौडेल

The victim saver of Sahara Cooperative asks: Why GB Rai has not been caught yet?

चितवन — सहारा बहुउद्धेश्यीय सहकारी संस्थाका बचतकर्ताले फरार सञ्चालक जीबी राईलाई पक्राउ नगर्न सरकारले तदारुकता नदेखाएको बताएका छन् । शुक्रबार चितवनका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मालाई ज्ञापनपत्र बुझाउँदै सहाराका बचतकर्ताले राई पक्राउ नपर्नुमा प्रश्न उठाएका हुन् । 

ज्ञापनपत्रमा भनिएको छ,  'सहाराका फरार सञ्चालकहरूविरूद्ध पक्राउ पुर्जी जारी भएको लामो समय भए पनि उनीहरू किन पक्राउ परेनन्, कतै यसमा उच्च पदस्त व्यक्तिहरू त सम्मिलित छैनन् ? गम्भीर शंकाको वातावरण बनेको छ ।'

The victim saver of Sahara Cooperative asks: Why GB Rai has not been caught yet?चितवन सहारामा ८५ करोड रुपैयाँको हाराहारीमा बचत रकम संकलन भएको र सहकारीको नियमविपरीत रकम व्यक्ति तथा निजी फर्महरूमा बिनाधितो स्थानान्तरण गरेको ज्ञापनपत्रमा जनाइएको छ । जीबी राई सञ्चालक रहेको गोरखा मिडिया प्रालिको नाममा चितवन सहाराबाट १२ करोड रूपैयाँ लगेको प्रहरी अनुसन्धानले देखाएको छ । गोरखा मिडियाले ग्यालेक्सी टिभी सञ्चालन गर्दछ । हालका गृहमन्त्री तथा चितवन-२ का सांसदसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछाने कुनै बेला सोही टीभीमा कार्यरत थिए । 

The victim saver of Sahara Cooperative asks: Why GB Rai has not been caught yet?संघर्ष समितिका संयोजक रहेका शालिकराम दुवाडीले प्रहरीले उक्त सहकारीको कार्यालयबाट आवश्यक सम्पूर्ण कागजहरू नियन्त्रणमा लिएको तर अन्य कुनै कारबाही अगाडि नबढाएको ज्ञापनपत्रमा उल्लेख गरेका छन् । बचतकर्ताहरू अधिकांश निम्न र मध्यम वर्गका सर्वसाधरणहरू रहेको र रकम फिर्ता नहुँदा ओखती, उपचारमा समेत समस्या भएको दुवाडीले बताए । पक्राउ पुर्जी जारी गरे पनि अरू परिणाम केही नआएको हुँदा पीडितहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई यो प्रकरणमा हस्तक्षेप गर्न र फरारहरूलाई समाउन कडा निर्देशन दिन माग गरेका छन् । 'प्रधानमन्त्री स्वयंले हस्तक्षेप नगरे समस्याको हल निस्कने छाँटकाँट छैन,' ज्ञापनपत्रमा उल्लेख छ । 

The victim saver of Sahara Cooperative asks: Why GB Rai has not been caught yet?पीडितहरूले शुक्ररबार नै चितवन जिल्ला सहकारी संघ लिमिटेडका अध्यक्ष भक्तिराम अधिकारीलाई पनि ज्ञापनपत्र बुझाउँदै समस्या समाधानमा पहल गरिदिन माग गरेका छन् । त्यसैगरी अर्को सहकारी शिवशिखर बहुउद्धेश्यीय सहकारीका पीडितहरूले पनि ज्ञापनपत्र बुझाउँदै बचत फिर्ता गराउन सरकारले तदारुकता दिन माग गरे ।

बचतकर्ताहरूको ज्ञापनपत्र बुझ्दै चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले राज्यले पीडितलाई न्याय दिलाउने सन्दर्भमा काम गरिरहेको जानकारी गराए ।

सहकारी अनियमितता

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully