२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

कारागारबाटै परीक्षा लेख्दै कैदीबन्दी

पर्सा — वीरगन्ज कारागारबाट ३ कैदीबन्दीले कक्षा-१२ को परीक्षा लेखिरहेका छन् । शुक्रबारदेखि सुरु भएको परीक्षा अन्तर्गत् ३ जनाले परीक्षा लेखिरहेका हुन् । उनीहरु सबै परीक्षार्थी पुरुष कैदीबन्दी हुन् । 

कारागारबाटै परीक्षा लेख्दै कैदीबन्दी

त्रिजुद्ध माबि परीक्षा सेन्टर अन्तर्गत् परीक्षा दिइरहेका उनीहरुको परीक्षा लिन सोही केन्द्रबाट एक प्रतिनिधि आउने गरेका छन् ।

कारागार भित्र पनि सुरक्षा घेरा भित्र परीक्षा भइरहेको छ । कारागारबाट पनि आफ्नो अध्ययनलाई निरन्तरता दिन चाहने कैदीबन्दीका लागि कारागारमै परीक्षाको व्यवस्था मिलाइएको कारागार कार्यालयले जनाएको छ ।

उता बाँकेमा पनि कैदीबन्दीहरुले परीक्षा लेखिरहेका छन् । विभिन्न अपराध गरेर कारागार र सुधार गृहमा पुगेका ३५ कैदीबन्दीले कक्षा-१२ को परीक्षामा सहभागी भएका हुन् ।

हिरमिनियामा रहेको जयेन्दु बाल सुधार गृहमा रहेका २५ जना, नौबस्ता बाल सुधार गृहबाट ६ जना र नेपालगन्ज कारागारमा रहेका ४ जना गरी ३५ जनाले १२ कक्षाको परीक्षा दिँदै गरेका बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए ।


प्रकाशित : वैशाख १४, २०८१ १५:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?