कञ्चनपुरका शिक्षा इकाई प्रमुख कलौनी र शिक्षा अधिकृत तिरुवा मन्त्रालयको छानबिनमा तानिए

वैशाख २०, २०८१

कान्तिपुर संवाददाता

Kanchanpur education unit head Kalouni and education officer Tiruwa were dragged into the investigation of the ministry

काठमाडौँ — शिक्षा मन्त्रालयका उपसचिव तथा कञ्चनपुर जिल्लामा जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दीपकराज कलौनी र शिक्षा अधिकृत रुपराम तिरुवालाई छानबिनका लागि मन्त्रालयमा तानिएको छ।

शिक्षक सेवा आयोगको जाँच उत्तीर्ण गरेर पदस्थापन हुनुपर्ने विद्यालयमा हाजिर गर्न नपाएपछि कञ्चनपुरका दुई शिक्षक लामो समय समस्यामा परेका थिए। उनीहरुलाई विद्यालयमा हाजिर गराउन इकाइ प्रमुखको रुपमा कलौनीले जिम्मेवार भूमिका नखेलेको आरोप लागेको थियो। शिक्षकहरुले प्रमुख कलौनी र अधिकृत तिरुवा गैरजिम्मेवार रहेको अनियमितता भएको आशंका गरेका थिए।

शिक्षा मन्त्रालयमा समेत यस विषयमा गुनासो प्राप्त भएपछि यथाशीघ्र ती शिक्षकहरुलाई हाजिर गर्ने वातावरण बनाउन मन्त्रालयले ताकेता गरेको थियो । मन्त्रालयको बारम्बारको ताकेतापछि ढिलो गरि शिक्षकहरुलाई फरकफरक विद्यालयमा हाजिर गराइएको थियो। 

तर यो प्रकरण र अन्य गुनासोमा समेत छानबिन गर्नुपर्ने भएकाले इकाइ प्रमुख कलौनी र अधिकृत तिरुवालाई मन्त्रालयले सरुवा गरेको छ।

कान्तिपुर

Link copied successfully