कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

बीएनपीकी अध्यक्ष बेगम खालिदा जिया रिहा

श्रावण २२, २०८१
बीएनपीकी अध्यक्ष बेगम खालिदा जिया रिहा

काठमाडौँ — बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष बेगम खालिदा जिया रिहा भएकी छन् । राष्ट्रपति मोहम्मद शहाबुद्धिनले  रिहा गर्न  दिएको निर्देशनअनुसार मंगलबार औपचारिक राजपत्रमा रिहाको  सूचना जारी गरिएको हो ।

सोमबार राष्ट्रिय सम्बोधन गर्दै राष्ट्रपति मोहम्मद सहबुद्दीनले खालिदा जियालाई रिहा गर्ने घोषणा गरेका थिए । उनले पछिल्लो आन्दोलनका क्रममा पक्राउ परेका सबैलाई रिहा गर्न पनि निर्देशन दिएको बंगलादेशको डेली सनले लेखेको छ । जिया सन् २०१८ देखि जेलमा थिइन् । प्रधानमन्त्री शेख हसिना नेतृत्वको सरकारले पूर्वाग्रहका आधारमा उनलाई जेलमा पुर्‍याएको आरोप लाग्दै आएको थियो । हसिना नै आन्दोलनका कारण देश छोडेर भागेपछि जियाको रिहाईको बाटो खुलेको हो ।


प्रकाशित : श्रावण २२, २०८१ १५:३८
×